site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खगेन्द्र संग्रौलासँग प्रेम वार्ता : लामो समयसम्म श्रीमतीको डर लाग्यो
Sarbottam CementSarbottam Cement

जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन्  । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरू बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चिज हो । संस्कृतिले बन्देजहरू निर्माण गर्छ, बन्चनाहरू निर्माण गर्छ । जीवनमा धरै कर्महरू गरिन्छन्, तर भनिँदैनन् । 

जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, “मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिनँ, आँखा पनि जुधाएको छैन ।”

मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेमपत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला ? मलाई पिरलो लागि रह्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

जीवनमा बन्देजमा राखिएका कुराहरू, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरू र तानाशाहीले बन्देज गरेका कुराहरू प्रतीकको माध्यमले र रूपकको माध्यमले व्यक्त गरिन्छ ।

मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो । मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुल पढ्नुपर्थ्यो । ९–१० कक्षा पढ्दा मलाई  कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन ।

Global Ime bank

त्यसबेला साहित्यिक गोष्ठीहरू हुन्थ्यो । मैले साहित्य गोष्ठीहरू प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ । 

स्कुलमा पढ्ने केटीहरूको संख्या धेरै थिएनन् । केटीहरूको संख्या थोरै थिए । त्यो थोरै केटीहरूतिर धेरै केटाहरू आँखा पर्थ्यो । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभाविक रूपमा म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपि कतिपय कुरा बहेरमुखी, कता वाकपटु जस्तो पनि देखिन्छु । 

यो समाजको लागि म अभद्र किन देखिने ? अरूको दृष्टिमा किन गिरौँ भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरू म भन्न सक्दिनँ । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरूले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो । 

मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए । म पुर्‍याइदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैँ प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामार्थ्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो ।

मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेमपत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्‍यादिने सर्त भयो । तर पुर्‍याउने कसरी । चिठी लेखियो, खाममा पनि हालियो । अर्काे फसाद पर्‍यो । सल्लेरीको नजिबाट त्यो केटी आउने । ऊसँग अरूपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठी हात पारिदियो । उसले मलाई आएर भन्यो– चिठी हात पर्‍यो  ।

मलाई रातभरि निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौँ जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त होऊँ, हराऊँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् ।

सिताराम प्रसाईं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थियो  । म बिहानको स्कुलको प्रार्थनामा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिनँ । कतै मेरो प्रेमपत्रको प्रतीक्षामा त छैन ? उसमा त्यो आँट आएन होला मैले प्रेमपत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो । 

पत्रको त प्रतीक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठी चाहिँ कम डरका साथ लेखेँ, सितारमाले चिठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो ।

चिठीमा जवाफ के आयो भने– मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिनँ  । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिनँ ।

पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । 'तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन मेरो मन खिन्न भयो ।' मलाई केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वरूप र आकार ग्रहरण गर्नु पहिले टुंगियो ।

वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापि केही थियो । अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट साट्ने बाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो । 

अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तिनको उद्धारका कारणले पनि हो । तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ । उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरूसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्धार भयो ।

पोखरामा जारी १० औँ नेपाल लिटरेचर फेस्टिभलमा खगेन्द्र संग्रौलासँग भएको कुराकानीका आधारमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC