site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुस्तक र पुस्तकालयको महत्त्व
Ghorahi CementGhorahi Cement

पोखरा । नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ । किन  पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले  पुस्तक र पुस्तकालयबारे छलफल गरेका हुन् । 

भूकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तकहरू बोरामा कोच्नुपरेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो ।

"मेरो घर नजिकै जम्प भन्ने एउटा ठाउँ दुई तिन महिना लगाएर खोल्यो । त्यो बच्चाहरूलाई स्पोन्जको भर्‍याङमा लडाउने उफार्ने ठाउँ रहेछ । त्यहाँ एक घण्टाको एक हजार लिने रहेछ, मान्छेहरूको भिड उस्तै थियो," लामो समयदेखि पुस्तकालय निर्माणका लागि अभियानमा लागेकी दलीले भनिन्, "तर, नेपालमा एक त पढ्ने बानी विकास भएकै छैन । राज्यले सिरियसली लिएकै छैन । राज्य रेस्पोन्सिवल छ त्यसका साथै हामी पब्लिक पनि रेस्पोन्सिबल छौँ ।"

Agni Group

भूकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटकपटक मन्त्रालय धाउँदा पनि निराश हुनुपरेको अनुभव उनले सुनाइन् । त्यतिबेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भीर छ भन्ने कुरा महसुस भएको पनि उनले जिकिर गरिन् । 

'नेपालमा पुस्तकालय एकदमै कम छन् र भएकामध्ये पनि अधिकांशको अवस्था नाजुक छ । यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ ?' भन्ने आचार्यको प्रश्नमा जसनाले भनिन्, "पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने गर्थेँ । जन्मदिनमा अरू कुरा दिनुभन्दा एक अर्कालाई किताब दिने गर्थ्यौं । अहिले चाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु । तर, किताब महँगा हुने भएकाले महिनाको तीन हजार छुट्टाउँदा पनि तीनवटा किताब आउँदैन । त्यसैले पुस्तकालयहरू एकदमै इम्पोर्टेन्ट छन् ।"

Global Ime bank

नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताए ।

उनले भने, "पुस्तकालयका लागि बजेट छुट्याइरहेको हुन्छ । लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला । किताब बोरामा थन्किएर बस्थेन होला । राज्यको मात्रै दोष कि हाम्रो पनि ?"

आचार्यको प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भनिन्, "सरकारले दिने गरेको स्कुलका लागि हो । नेपालमा पब्लिक लाइब्रेरि सिस्टम डेभलभ भएकै छैन । जे जति लाइब्रेरी खुलेको छ त्यो समूदाय तवरबाट भइरहेको छ । गोभरमेन्टले रेगुलर बजेट दिएर खोलेको लाइब्रेरी होइन ।"

आफूहरूले सरकारसँग राष्ट्रियस्तरको एउटा, प्रदेशमा प्रदेश स्तरको सातवटा त्यस्तै नगरपालिका र वडास्तरमा पनि लाइब्रेरी बनाउन तथा हरेक लाइब्रेरीमा बनाएर बच्चाहरूको लागि, युवाहरूको लागि विभिन्न सेक्सन छुट्टाउनका लागि प्रस्ताव गरेको र त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको उनले बताइन् । साथै यस्तो हुनुमा एउटा कारण मानिसहरू सचेत नहुनु पनि रहेको उनले जोडिन् ।

साथै पुस्तकालय निर्माणमा राजनीतिक नेताहरूको गम्भिरता देखेर उनीहरू मान्छेले पढुन्, शिक्षित होउन भन्ने पक्षमा नरहेको कुरा आफूले खुलेर भन्न सक्ने पनि बताइन् । 

कोर्सबाहेकका पुस्तकलाई महत्त्व नदिँदा पनि समस्या आएको भन्दै बाल साहित्यलाई भिटामिनको रूपमा प्रयोग गर्नूपर्नेमा उनले जोड दिइन् ।

बाल पत्रिकाहरूले बालबालिकाको सिर्जनात्मकता बढाउनुका साथै उनीहरूको मानसिक स्वस्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने जनाउँदै आचार्यले त्यस्ता पत्रिका बन्द हुनु दुखद रहेको जिकिर गरे । साथै ठूला मिडिया हाउसहरूले त्यस्ता पत्रिका पूनः सुचारु गर्नुपर्नेमा उनले जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC