site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
...अनि पारिजात दिदी मसँग खुब रिसाउनुभयो
Sarbottam CementSarbottam Cement

पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ । 

म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ । त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । मेरो क्याम्पस चिफ वामदेव पहाडी, ठूला लेखक तथा समीक्षक । पारिजातको पुरस्कार प्राप्त कृतिबारे उहाँको टिप्पणी थियो– मान्छे भनेको टोपी हो कि टाउको ? 

आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो । त्यसको चर्चा यसरी भयो मानौँ टोपी पनि त्यही हो । टाउको पनि त्यही हो । 

Prabhu Bank
Agni Group
NIC Asia

०२३ सालको बिचमा आईएको परीक्षा दिन म काठमाडौं आएँ । काठमाडौं आएपछि पारिजातबारे अरू कुरा सुनियो । पछि, मैले बीएको जाँच दिएपछि, त्योबेला राल्फा आन्दोलन चलिरहेको थियो । पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो । पारिजातको नजिकको विमल भन्ने मान्छे । उहाँले भन्नुहुन्थ्यो पारिजात तपाईंको रचना नियमित पढ्नुहुन्थ्यो । तपाईंलाई रुचाउनुहुन्छ, तपाईं राल्फामा किन नआउने ? 

राल्फाको घोषणापत्र मकहाँ पुर्‍याउनु'भो । त्यो घोषणापत्रको शीर्षक गजब थियो– सेतो वन, नीलो जुन, आकाशका नुनिला निश्वासहरू । केही बुझिन्थ्यो, केही बुझिँदैनथ्यो । त्यसपछि विमलको पछि लागेर पारिजात दिदीकहाँ म पहिलो पटक पुगेँ । दुर्भाग्यवश विमलको होइन अरू कोही अरूको पछि लागेर । दुर्भाग्यवश पारिजात र विमलको बीचमा प्रेम सम्बन्ध थियो । त्यही दिन वा त्यो दिन भन्दा अगाडि विमलले पारिजातलाई धोका दिएका थिए । 

Global Ime bank

मलाई पारिजातको अगाडि पुर्‍याइयो । पारिजात दिदी एकदम उद्घिन हुुनुहुन्थ्यो । अत्यन्तै निराश हुनुहुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो– तपाईंलाई भेट्न पाएकोमा मलाई खुसी लाग्यो । फेरि आउनुहोला । मेरो पहिलो भेट त्यही हो । 

पारिजात दिदीसँग मेरा केही रोचक र तीता संस्मरणहरू छन् । पहिला त मीठा संस्मरण नै सुनाउनु पर्ला । 

काठमाडौंको ल क्याम्पसमा साहित्य सन्ध्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो । एकदिन त्यो कार्यक्रममा जानुअघि, म अलि ढिला पुगेँ । पारिजात दिदी हरिवंश राय बच्चनको मधुशाला क्यासेटमा सुनिरहनुभएको थियो । वहाँको वरिपरि मधुशालाका फ्यानहरू थिए । म जाने बित्तिकै दिदीले भन्नुभयो । संग्रौलाजी आउनुभयो है । वहाँलाई यो मधुशाला मन पर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो । त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुनजस्तै शुद्ध रहेछु जस्ले प्रेमगीत सुन्नु हुँदैन । 

प्रत्येक शुक्रबार पारिजात दिदीकोमा गुड फ्राइडे हुन्थ्यो । ललिजन रावल भन्ने एक जना गजलकार हुनुहुन्थ्यो । उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो । सोल्टीमा काम गर्दा त्यहाँ कहिलेकाहीँ दारू प्राप्त हुन्थ्यो त्यो पनि स्कच रक्सी । कहिले आधा बोतल, कहिले एक पेग, कहिले एक क्वार्टर । हरेक शुक्रबार पारिजात दिदीको महफिलमा गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो । सञ्जोगले एक दिन स्कच चलिरहेको बेला म पुगेँ । 

पारिजात दिदीले भन्नुभयो– ए, संग्रौलाजी आउनु'भो, गिलास लुकाऊ । उहाँ त बडो चोखो मार्क्सवादी हुनुहुन्छ । मलाई के लाग्यो भने पारिजात दिदीको नजरमा म विशुद्ध टुप्पी, जनै पालेको, दारू छुँदा जात जाने । 

पछि मैले पनि एउटा अभिनय गरेँ । खुकुरी रम एक बोतल बोकेर म दिदीकोमा गएँ । त्यो देखेपछि पारिजात दिदी जिल पनुभयो । 

संग्रौला के गरेको यो ?

उपहार टक्र्याउन ल्याएको । 

आफू त खाने होइन के रे ? 

अनि मैले दिदीकै अगाडि बोतल खोलेँ । दुइटा गिलास ल्याएँ । अनि उहाँसँगै मैले मदिराको मोर्चा खोलेँ । त्यसपछि दिदीलाई के विश्वास भयो भने बाहुन त बाहुन हो, धेरै शुद्ध चाहिँ रहेनछ । 

Parijat1671970906.jpg

पारिजात दिदी त कुञ्जिनी भएको थियो । साहित्य सन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा स्नेह सायमि अथवा मुरारी अर्याल वा कसैको मोटरसाइकल वा ट्याक्सीमा लगिन्थ्यो । मेरो त्यो बेलामा जापानी होन्डा थियो, त्यो पनि फेन्सी टाइपको । म गोराहरूलाई नेपाली भाषा दान गर्थें ।  तिनले भनेको बेला तिनको घरमा जानुपर्ने भएको हुनाले मैलो जापानी होन्डा किनेको थिएँ । 

दिदीले गुनासो गर्नुभएछ । संग्रौलाको त्यस्तो राम्रो होन्डा छ । त्यसले कार्यक्रममा जाँदा वा आउँदा मलाई त कहिले चढाएन । पारिजात दिदीको जीवन यति मूल्यवान छ । मैले कतै जाँदा वा आउँदा मैले मोटरसाइलमा राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अपगाल पर्नेछ । 

त्यसैले पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन । पछि, ल क्याम्पसको बाहिरपट्टि कसैले वहाँलाई पुर्‍याउँथ्यो । ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे । पारिजात दिदीलाई बोकेर तलबाट माथि लैजानुपर्थ्यो  ।

एकदिन मैले नै काँध थापेँ । दिदी, तपाईंलाई बोक्न मलाई अनुमति चाहियो । दिदीलाई बोकेर माथि लगेँ । अनि भनेँ, यो क्षतिपूर्ति हो । मैले तपाईंलाई मोटरसाइकलमा त बोक्न सकिनँ । त्रास थियो, डर थियो । त्यसको क्षतिपूर्ति हो यो ।

त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि संग्रौलाजी क्षतिपूर्ति त बाँकी छ नि ? अनि मेरो काम उहाँलाई बोकेर माथि लैजाने भयो । 

हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रबर्धन गर्न भनेर हामीले श्रष्टा प्रकाशन खोल्यौँ । श्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि पुरस्कार राख्नुभएको थियो । पारिजात दिदीले उपन्यास लेख्न थाल्नुभयो । लेख्न थालेपछि ढोका बन्द गरेर चुकुल लाएर बस्ने उहाँकै बानी थियो । अनि लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने । सरप्राइज दिने भन्नुहुन्थ्यो । हामीलाई के लाग्यो भने पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो । किनभने हाम्रो उद्देश्य वामन्थी साहित्य र सिर्जना प्रबर्धन गर्ने हो । पारिजात दिदी त हाम्रो सम्पत्ति हो । हामीले बुक ग‍र्‍यौँ । पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्‍यो । अध्यक्ष थिएँ । साहित्यसम्बन्धी हाम्रा केही मानकहरू थिए । ती मानकहरू त्यो बेला अलि कडै थिए भन्ने लाग्छ । हाम्रा शुद्धताका केही आग्रहहरू थिए । 

प्रगतिशील के हो ? प्रगतिशील के होइन ? 

पुस्तक पढेपछि म र मुरारी अर्याल पारिजात दिदीको जुन प्रवृत्तिसँग हामी सहमत थियौँ । त्यो उपन्यासमा पारिजात दिदीको त्यो प्रवृत्तिभन्दा फरक चिज थियो । हामीलाई के लाग्यो भने हाम्रो प्रकाशनको मापदण्ड अनुसार छैन । पारिजातसँग त हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो । हामीलाई संकट भयो । अब त्यो टार्ने कसरी ?

म त स्रष्टा प्रकाशनको अध्यक्ष । मलाई धेरै अप्ठ्यारो भयो । मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपी फर्काएँ । 

यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौँ । माफ गर्नुहोला दिदी दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौँ । पारिजात दिदी खुब रिसाउनुभयो । पारिजात दिदी आफ्नो सिर्जनमाथि, चिन्तन र व्यक्तित्वमाथि भएका टिप्पणी र समीक्षाहरूलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन । 

हामी सबै त्यस्तै होला, सबैलाई मन पर्ने त प्रशंसै हो । टिप्पणी, समीक्षा, आलोचना प्रायः मन पर्दैन । पारिजातमा टिप्पणीप्रति, आलोचनाप्रति सहिष्णुता थिएन । दिदीसँग बोलचाल नै बन्द त भएन तर केही समय सम्बन्ध अत्यन्तै तिक्त भयो । 

यस्ता अरू पनि सन्दर्भहरू पनि छन् जसमा पारिजात दिदीसँग मतान्तर र तिक्तता भएका छन् । सँगै काम गरेपछि ती जब व्यक्त भयो केही समय दुरी पनि बढ्यो । आउजाउ पनि कम भयो । तथापि त्यो मतान्तर र दुरीको आयु सधैँ लामो रहेन । केही समय बितेपछि हाम्रा सम्बन्ध पुनर्स्थापित भए । सहकार्य पुनः प्रारम्भ भयो । 

म जुन बेला प्रगतिवादमा प्रवेश गरेँ, त्यो बेलाका धुरन्धर प्रगतिवादीहरूमा स्खलन आएको थियो । ताना शर्मा विचलित भइरहेका थिए । कृष्णचन्द्रसिंहको बाटो फरक भएको थियो । डीपी अधिकारी लगभग राजावादीजस्ता भएका थिए । त्यो वैचारिक संकटको बेलामा नेपालको वामपन्थी प्रगतिशील साहित्यको पारिजातबाटै भएको थियो, प्रत्यक्ष रूपमा वा अप्रत्यक्ष रूपमा । वैचारिक दृष्टिकोणबाट, सिर्जनाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट र नयाँ पुस्तालाई प्रशिक्षण दिने कोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो । उहाँ मेरो दिदी हुनुहुन्थ्यो । मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो । 

वहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो मैले त्यसबाट धेरै सिकेको छु । म जिद्दीवाल मान्छे हो, मलाई छुचो मान्छे भन्छन् । कुनै कुरा मलाई लागेपछि त्यसमा के के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ ।

आफ्नो निष्ठाको निम्ति लड्ने हो । तपाईं न्यायको पक्षमा, सत्यको पक्षमा उभिनुहुन्छ भने आलोचित हुनमात्र होइन निन्दित हुन पनि तयार हुनुपर्छ । पारिजात दिदी तयार हुनुहुन्थ्यो । मैले उहाँबाट धेरै सिकेको छु ।

पोखरामा जारी १० औँ नेपाल लिटरेचर फेस्टिभलमा आइतबार खगेन्द्र संग्रौलासँग भएको संवादमा आधारित ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC