site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भैरव पुरस्कार प्रदान
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार वितरण गरेको छ । अर्यालको ८७औँ जन्मजयन्तीका अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो ।

यो वर्षको भैरव पुरस्कार वासुदेव–विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ छ ।

Agni Group

यस्तै, एक लाख एक हजार १११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरियो ।

५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

Global Ime bank

कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे चर्चा गरिएको थियो । भैरव अर्यालका कविताहरू एकीकृत गरी प्रकाशित गरिएको कृति ‘भैरव कवितावली’ पनि सार्वजनिक गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC