site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रकाश घायलका पाँच मुक्तक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

               
जून पनि हरायो अचेल तातो घाम पनि हरायो 
नैतिकतामा लगाएको त्यो लगाम पनि हरायो 
इज्जत, इमान सबथोक हरायो बेइमानी सहरमा
अचम्म ! बेइमानी सहरमा बदनाम पनि हरायो !!
                २
बादलको अघिपछि घाम रोयो अनि जून रोयो
साजहरूअगाडि बेमौसमी सारंगीको धुन रोयो
सम्पन्न नै होस् तर मानव रुनलाई अछुतो छैन
बेइमानीको नजर पर्दा इमानको बिस्कुन रोयो ।
               
खेतका गरा भिजाउनुपर्छ पानीले कुलोमा सुक्नु हुन्न
अन्यायविरुद्ध लड्नेहरू अर्थको तुलोमा झुक्नु हुन्न
विसंगतिको तुलोमा निष्ठा जोख्नेविरुद्धको संघर्षमा
आइपर्ने चुनौतीको सामना गर्नुपर्छ, दुलोमा लुक्नु हुन्न ।
               
सुकिलोमुकिलो मान्छे फोहोर पोखरीमा पस्दै छन्
नयाँ जोगीझैँ फुस्रै पारेर जीउमा खरानी घस्दै छन्
साथ दिने कोही हुन्नन् समस्या परेको बेलामा साथी 
हेर्नुस् ! इजार तपाईंको अरूले पो कम्मर कस्दै छन् !!
               ५
वागमा रंगीन फूल आकाशमा तारा जून हुन्छ
मनको सुकुलमा पीर–व्यथाको बिस्कुन हुन्छ 
वेदना मनमै लुकाएर हाँस्न खोज्दा खोज्दै पनि 
पीडाको खहरे उर्लन्छ आँखामा मनसुन हुन्छ ।।  
(फुटुङ, काठमाडौं)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC