site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ मा सरकार गठनको चाबी जसपाका एक सांसदको हातमा !
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को सरकार गठनमा जनता समाजवादी पार्टी (जसपा) निर्णायक हुने देखिएको छ । जसपा अहिले पनि सरकारमा छ । तर, चुनावमा उसले नेकपा (एमाले)सँग तालमेल गरेको थियो ।

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी सबै सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा कुनै पनि दलको एकल बहुमत आएको छैन । अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेको सत्ता गठबन्धनको ४६ सिट आएको छ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनको पनि ४६ सिट नै आएको छ ।

प्रदेश १ मा सरकार गठनका लागि ४७ सिट चाहिन्छ । दुवै गठबन्धनलाई सरकार गठन गर्न एक सांसदको कमी हुनेछ । जुन जसपासँग छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समानुपातिकबाट जसपाले एक सिट पाएको छ । अब सरकार गठनमा जसपाले जसलाई साथ दिनेछ प्रदेश १ मा उसकै सरकार बन्नेछ । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की भने जसपाले आफूहरूलाई साथ दिने बताउँछन् ।

Global Ime bank

प्रदेश नम्बर १ मा गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले भने, “जसपा त अहिले पनि सरकारमै छ । अब पनि हामी सँगै हुने हो । कुनै द्विविधा छैन ।”

जसपाबाट अहिले पनि प्रदेश सरकारमा स्वास्थ्यमन्त्री जयराम यादव छन् । निर्वाचनमा उनी मोरङ ५ प्रदेश निर्वाचन क्षेत्र २ मा कांग्रेसमा अमृत अर्यालसँग पराजित भएका थिए ।

सरकार गठनको एउटा 'साँचो' जसपासँग भएपनि उसले अहिलेसम्म मुख खोलेको छैन । जसपाका मन्त्री यादव पार्टीको निर्णयअनुसार प्रदेशमा कसलाई साथ दिने भन्ने तय हुने बताउँछन् । 

राजनीतिक दलले समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाइसकेपछि सांसदको अन्तिम नामावली प्राप्त हुनेछ । प्रदेशसभाले पुस ६ गतेभित्र पहिलो प्रदेशसभा बैठक गरी शपथ खुवाउने तयारी गरेको छ । 

चुनावमा एमालेसँग राप्रपा र जसपाको तालमेल भएको थियो । सरकार गठनमा पनि तालमेल हुने अनुमान छ ।

तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले भने ‘एमालेसँग चुनावसम्मका लागि मात्र तालमेल भएको’ बताइसकेका छन् । 

एमालेको समानुपातिक र प्रत्यक्ष गरेर ४० सिट जितेको छ । राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिक चार गरी ६ सिट प्राप्त गरेको छ । जसपाको एक छ ।

यता सत्ता गठबन्धनमा कांग्रेसको १७ प्रत्यक्ष र समानुपातिक १२ गरी २९ सिट जितेको छ । माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा चार गरी १३ सिट जितेको छ । एकीकृत समाजवादीको तीन प्रत्यक्ष र समानुपातिक एक गरी चार सिट जितेको छ ।

एमालेले प्रदेश १ मा सुनसरी क्षेत्र नम्बर १, सुनसरी ४ ‘क’ मोरङ ५ तथा ५ ‘क’  र ५ ‘ख’ मा जसपालाई साथ दिएको थियो । सुनसरी १ बाट जसपाका नेता अशोक राई प्रतिनिधिसभामा निर्वाचित भएपनि प्रदेशतर्फका अन्य क्षेत्रका उमेदवार पराजित भए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC