site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
५२ वर्षपछि लालपुर्जा
Ghorahi CementGhorahi Cement

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन । 

शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख अजय थापाले बताए ।

Agni Group

नापी कार्यालय तौलिहवा कपिलवस्तुले विसं २०२७ मा नापी गर्दा छुट भएका डिहब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख थापाले बताए । 

साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि १४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारूले बताइन् । 

Global Ime bank

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए । “सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ”, उनले भने ।

पुर्जा पाएपछि स्थानीय खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट बञ्चित हुँदै आएका थिए ।

नगरपालिकाले विसं २०७८ को चैत २३ गते १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले जानकारी दिए । 

कपिलवस्तुमा विसं २०२६ देखि सुरु भएको गाउँ ब्लक जग्गा विसं २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC