site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'प्रहरी हौँ' भन्दै अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
Ghorahi CementGhorahi Cement

बुटवल । ‘सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै अभद्र व्यवहार गर्ने दुईजनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं. ५ बागीका २० वर्षीय दीपक केसी रहेका प्रहरीले जनाएको छ ।

Agni Group

उनीहरुले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा “हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ” भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिहरुलाई डर, त्रासमा पारी गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले प्रहरीमाथि नै हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC