site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक : राष्ट्रपति 
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । 

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन् । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने उनले बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्नसक्ने बताइन् । उनले नेपाली हस्तकला देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको बिस्तार गर्न आवश्यक रहेको बताइन् । हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पु¥याउन र बजार बिस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको उनको भनाइ छ । 

राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताइन् । उनले हस्तकला उद्योगको विकास र बिस्तारले नेपालको आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने बताइन् । हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्नसक्ने उनको भनाइ छ । 

Global Ime bank

राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार बिस्तारको लागि आवश्यक नीति तथा कानुनलाई सरकारले सहजता दिनुपर्ने बताइन् । उनले सम्पूर्ण नेपालीले मुलुकभित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको बताइन् । मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायिक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC