site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघकाे धर्ना
Sarbottam CementSarbottam Cement

काठमाडाैं । सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ । 

कार्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोकेपनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरूको गुनासो छ ।

महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ ।

Global Ime bank

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC