site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईभीएफ विधिबाट निःसन्तान दम्पतीले पाए तिम्ल्याहा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलराका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावपूर्ण थियो । ३८ वर्षीया श्रीमती रेखादेवी झालाई लिएर उनी उपचारका लागि धेरै ठाउँ भौँतारिए । आफूले थाहा पाएका, अरूले सुझाएका सबै ठाउँमा पुग्दा र धेरैखाले उपाय लगाउँदा समेत सन्तान भएन ।

अन्ततः झा दम्पतीलाई कोही व्यक्तिले आईभीएफ पद्धतिका बारेमा सुनाए । नर्भिक आईभीएफ सेन्टरमा टेस्टट्युब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरूले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि मात्र सेन्टरमा रेखादेवीले तीन सन्तानलाई जन्म दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुसी छौँ,” तिम्ल्याहा सन्तान भएपछि विनोदले भने, “लामो समयदेखि सन्तान नहुँदाको पीडा अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।”

नर्भिक अस्पतालमा शल्यक्रियमार्फत प्रसूति गराइएकी रेखा र उनका तीन शिशुकै अवस्था सामान्य छ । एक–दुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालकी वरिष्ठ स्त्रीरोग एवं टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC