site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विपीन कार्कीलाई प्रश्न– बलिउड सिनेमा नखेल्ने ‘मुड’मा पुग्नु भएको हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता विपीन कार्कीले आफू अनुकूल समय नभए हिन्दी सिनेमा ‘एनिमल’ नखेल्ने भएका छन् । लामो समय ‘एनिमल’का लागि होल्ड भएर बस्दा धेरै काम छोड्नु परेको स्मरण गर्दै विपीनले अब समय मिलेको खण्डमा मात्रै उक्त सिनेमा (एनिमल)मा काम गर्ने स्पष्ट पारे ।

“मैले एनिमलको निर्माण टिमलाई यसपटक स्पष्ट भनेर आएको छु । अब म तपार्ईंहरूले आइज भनेको समयमा आउन सक्तिनँ । एक वर्ष सबै काम छोडेर तपाईंहरूको सिनेमा भनेर बसेँ । तर, अब अझै यसरी पर्खिन सक्तिन,” विपीन बाह्रखरीसँग भन्छन्, “मलाई अब कम्तीमा एकडेढ महिना अगाडि खबर गरे मात्रै काम गर्न सक्छु होइन भने क्यान्सिल गर्छु । नेपाली सिनेमाको काम छोडेर आउन सम्भव हुँदैन भनेर आएको छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

बलिउड सिनेमा नखेल्ने अवस्थामा पुग्नु भएको हो ? भन्ने प्रश्नमा विपीन स्पष्ट पार्छन्, “अब उनीहरूले यो दिन आइज भनेको अवस्थामा म यहाँ काम गरिरहेको समय रहेछ भने जान्नँ । एक/डेढ महिनाको समय दिएर मेरो सेड्युल राखेर बोलाए भने जान्छु ।” 

एक वर्षदेखि ‘एनिमल’को गेटअपमा बस्दा यहाँ धेरै सिनेमाको काम पर सार्नु परेको र अब त्यो सम्भाव नहुने उनले स्पष्ट पारे । एक वर्षको अवधीमा आफू ६ पटक मुम्बइ गएको तर सेड्युल पछि सर्यो भन्दै केही समयपछि बोलाउँछौँ भन्ने गरेको भन्दै विपीन यसले आफ्नो करिअरको पिक समयको एक वर्ष लस भएको बताउँछन् ।  

Global Ime bank

“लिखित एग्रिमेन्ट छैन । यो दिनबाट सुट भन्ने फिक्स छैन । खबर गर्छौं भनेर मात्रै हुँदैन,” विपीन अगाडि थप्छन्, “ठूलो सिनेमा उद्योग हो, अवसर राम्रो हो भनेर पर्खिएँ । तर, अब एनिमल भनेर मैले मलाइ यो उचाइ दिने सिनेमा उद्योगलाई बिर्सिन हुँदैन ।” 

यही मंसिर २६ गतेबाट उनी ‘प्रसाद–२’को छायांकनमा जाँदै छन् । अन्य पेन्डिङका काम पनि अब लगातार गर्ने उनले बताए । यो बीचमा आफूले काम गरेको ‘फूलबारी’ एनिमलका लागि जान तयार रहेको समय चोरेर गरेको उनी स्पष्ट पार्छन् । 

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको चलचित्र ‘एनिमल’ खहिले छायांकन भइरहेको छ । ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC