site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसरी बन्न सक्छ नयाँ सरकार : यी हुन् कांग्रेसका पाँच र एमालेका चार विकल्प
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र छ । खासगरी प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा सरकार बनाउने गरी हिसाब–किताबमा जुटेका छन् । आपसी भेटघाट, छलफल र वार्तामा नेताहरू केन्द्रित छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना निर्वाचित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरूले भोलि (शनिबार)सम्ममा बुझाउनुपर्नेछ । योसँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुन–कुन दल मिलेर सरकार बन्छ भन्ने आमचासो छ ।

योपटक संसद्मा १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ । पाँच स्वतन्त्र सांसदले पनि चुनाव जितेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अंकगणित
संसद्मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गरी १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ । पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट ल्याएको छ । कांग्रेसको कुल सांसद ८९ हुनेछन् ।

Global Ime bank

एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ । माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद हुनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेको छ । उसले समानुपातिकमा १३ सहित २० सिट प्राप्त गरेको छ ।

राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी १४ सिट, जसपाले प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ र जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा पाँच गरी ६ सिट जितेको छ । यिनै सात पार्टीले ‘थ्रेसहोल्ड’ कटाएका छन् । राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अरू पाँच पार्टीले थ्रेसहोल्ड कटाउन सकेनन् ।

समानुपातिकबाट सिट नपाए पनि प्रत्यक्षतर्फबाट एकीकृत समाजवादीका १० सिट, नागरिक उन्मुक्ति पार्टीका तीन, लोसपाका चार, राष्ट्रिय जनमोर्चाको एक, नेपाल मजदुर किसान पार्टीको एक र स्वतन्त्र सांसदहरू पाँच सिटको संख्यामा छन् ।

योअनुसार संसद्को सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ । कांग्रेसको कुल सिट संख्या ८९ छ । स्वाभाविक रूपमा संसद्को सबैभन्दा ठूलो दलले सरकारको दाबी गर्नेछ । आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ ।

त्यसो त विगतमा सत्ता गठबन्धनमा आबद्ध दलहरू गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् । निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । गएको सोमबार गठबन्धनका शीर्ष नेताको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमति समेत भइसकेको छ । यो अवस्थामा पुनः यही गठबन्धनको सरकार हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन ।

कांग्रेसको नेतृत्वमा पहिलो विकल्प
कांग्रेसको ८९ सिट, माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोसपाको चार र राष्ट्रिय जनमोर्चाको एक गरी जम्मा १३६ सिट हुन्छ । सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो । सरकार बनाउन यो गठबन्धनलाई दुई सिट अपुग देखिन्छ । यसमा अरू दुई सांसदलाई समावेश गराउन सके बहुमत पुग्छ । सरकार बनाउन सकिन्छ ।

कांग्रेसको नेतृत्वमा दोस्रो विकल्प
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा १६५ सिट संख्या पुग्छ । यसो हुँदा बहुमतको सरकार बन्न सक्छ ।

कांग्रेसको नेतृत्वमा तेस्रो विकल्प
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मिलाउँदा १५२ सिट हुन्छ । सरकारको गठनको यो अर्को सम्भावना हो ।

कांग्रेसको नेतृत्वमा चौथो विकल्प
कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट हुन्छ । यसो हुँदा माओवादी केन्द्रलाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ ।

कांग्रेसको नेतृत्वमा पाँचौँ विकल्प
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको १४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाका रूपमा लिन सकिन्छ । माथि उल्लेख गरिएका गठबन्धनहरूमा स्वतन्त्र सांसदहरूको पनि संलग्नता हुन सक्ने सम्भावना रहन्छ ।

एमालेको नेतृत्वमा पहिलो विकल्प
दोस्रो दल बनेको एमाले पनि सरकार गठनका लागि अंकगणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरूले सरकारमा आफ्नो पार्टीको दाबी रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा गर्दा १३४ सिट पुग्छ । सरकार गठनका लागि चार सिट अपुग हुँदा स्वतन्त्रहरूको सहयोग लिनुपर्ने हुन्छ ।

एमालेको नेतृत्वमा दोस्रो विकल्प
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपा मिल्दा १४६ संख्या पुग्छ । यो संख्याले सहजै सरकार गठन गर्न सकिन्छ ।

एमालेको नेतृत्वमा तेस्रो विकल्प
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ । पाँचस्वतन्त्र सांसदहरूको सहयोग अनिवार्य हुन्छ ।

एमालेको नेतृत्वमा चौथो विकल्प
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ । सरकार गठन गर्न सकिन्छ ।

कांग्रेस र एमालेको संयुक्त सरकारको विकल्प
अत्यन्तै सहज विकल्पका रूपमा कांग्रेस र एमालेको सरकार बनाउँदा १६७ सिट पुग्छ । सहजै सरकार बनाउन सकिन्छ ।

संघीय सरकार बनाउँदै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरूमा पनि भागबन्डा मिलाउनुपर्ने चुनौतीमा दलहरू हुनेछन् ।

उता, सातै प्रदेश सरकार गठन गर्न सहज हुने गरी पनि संघीय गठबन्धन गर्न दलहरू अग्रसर हुन्छन् । यसले गर्दा अबका दिनमा कुन–कुन पार्टी मिलेर संयुक्त सरकार बनाउनेछन् भन्ने प्रतीक्षाको विषय बनेको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC