site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मन चान्सलरको दाबी– युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुने जोखिम घट्यो
Ghorahi CementGhorahi Cement

बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा तत्काल आणविक हतियार प्रयोगको सम्भावना कम भएको बताएका छन् । स्कोल्जका अनुसार अन्तर्राष्ट्रिय समुदायले लालरेखा कोरेपछि रुसले आणविक हतियार प्रयोग गर्ने धम्की दिन बन्द गरेको छ ।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले प्रतिवादको क्रममा मात्र आणविक हतियार प्रयोग गर्ने बताएका थिए । तर, संयुक्त राज्य अमेरिकाले भने पुटिनको भनाइलाई 'खुकुलो कुरा'को संज्ञा दिँदै भत्सर्ना गरेको थियो ।

Agni Group

गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेदेखि नै रुसको आणविक हतियार प्रयोग गर्न सक्ने क्षमतामाथि निगरानी हुँदै आएको थियो । 

गत सेप्टेम्बरमा मुलुकको नाममा सम्बोधन गर्ने क्रममा पुटिनले भनेका थिए, “रुससँग विभिन्न प्रकारका विनाशकारी हतियार छन् । र, हामीसँग उपलब्ध सबै साधन प्रयोग गर्नेछौँ । मैले गफ दिइरहेको छैन ।"

Global Ime bank

बिहीबार एउटा अन्तर्वार्ता दिने क्रममा स्कोल्जले भनेका छन्, “मेरो चीनको पछिल्लो भ्रमणले आणविक विस्तारको चेतावनी रोक्न सिद्ध सावित भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आणविक हतियार प्रयोग गरिनुहुन्न भन्नेबारे सहमत छन् । जी–२० मुलुकहरूले पनि केही समय पछि यसबारे पुन पुष्टि गरेका थिए ।"

पुटिनले आणविक युद्धको खतरा बढिरहेको र यस वास्तविकतालाई लुकाउनु गलत हुने बताएको भोलिपल्टै स्कोल्जको टिप्पणी बाहिरिएको हो ।   

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC