site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानमा एक प्रदर्शनकारीलाई दिइयो मृत्युदण्ड
Sarbottam CementSarbottam Cement

तेहरान । सरकारविरुद्ध हालै भएका विरोध प्रदर्शनको क्रममा अभियोग लगाइएका एक प्रदर्शनकारीलाई इरानमा मृत्युदण्ड दिइएको छ । 

सरकारी सञ्चार माध्यमका अनुसार एउटा क्रान्तिकारी अदालतले ‘अल्लाहविरुद्ध शत्रुता’ देखाएको अभियोगमा दोषी ठहर भएका मोसिन सेकारीलाई बिहीबार बिहान फाँसी दिएको हो । हालै भएकाे प्रदर्शनमा संलग्न प्रदर्शनकारीलाई दिइएकाे याे पहिलाे मृत्युदण्ड हाे । 

Prabhu Bank
Agni Group
NIC Asia

गत २५ सेप्टेम्बरमा राजधानी तेहरानको प्रमुख मार्गमा अवरोध गरेको र अर्धसैनिक बासिज फौजका एकजना सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा मोसिनलाई ‘दंगाबाज’को अभियोग लगाउँदै मृत्युदण्ड सुनाइएको थियो । एक अभियन्ताले उनलाई नाममात्रको देखावटी मुद्दा चलाएर अभियुक्त साबित गरिएको गुनासो गरेका छन् । 

नर्वेस्थित इरान मानव अधिकार समूहका निर्देशक माहमुद आमिरी–मोघादामले ट्विट गर्दै भनेका छन्, “इरान सरकारमाथि अन्तर्राष्ट्रिय जगतले तत्काल व्यवहारिक परिणाम सामना गर्नुपर्ने भन्दै दबाब नदिएको खण्डमा दिनहुँजसो प्रदर्शनकारीलाई मृत्युदण्ड दिइने कार्य सुरु हुनेछ ।”

Global Ime bank

इरानको न्यायालयले अहिलेसम्म सेप्टेम्बरको मध्यदेखि सुरु भएको सो विरोध प्रदर्शनको सिलसिलामा ११ प्रदर्शनकारीलाई मृत्युदण्ड सुनाइएको घोषणा गरेको छ । 

हिजाब नलगाएको आरोपमा ‘नैतिकता प्रहरी’द्वारा पक्राउ गरिएकी २२ वर्षीया माहसा आमिनीको हिरासतमै मृत्यु भएपछि प्रर्दशन सुरु भएको थियो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC