site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यो वर्षको टाइम ‘वर्ष व्यक्ति’- युक्रेनी राष्ट्रपति भ्लाेदिमिर जेलेन्स्की
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । विश्व प्रसिद्ध टाइम पत्रिकाले युक्रेनका राष्ट्रपति एवं युक्रेनी साहसलाई सन् २०२२ वर्ष व्यक्तिको घोषणा गरेको छ ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले झन्डै एक वर्षदेखि रुसी फौजको आक्रमण झेल्दै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध औपचारिक युद्ध घोषणा गर्दा जेलेन्स्कीले आफू राजधानी किभमै बसेर मुलुकका लागि लड्ने निर्णय गरेका थिए । उनको कार्यको प्रशंसा गर्दै टाइम पत्रिकाका प्रधान सम्पादक एडवार्ड फेल्सेन्थलले यस वर्षको निर्णय स्मरणमा सबैभन्दा स्पष्ट रहको बताएका छन् । 

आफ्ना युद्ध पीडित जनतालाई उत्प्रेरित गर्न जेलेन्स्कीले दिनहुँ भाषण दिने गरेका छन् भने उनी युद्धका अग्रमोर्चामा पनि नियमित रूपमा देखिँदै आएका छन् । हालै मात्र उनले युक्रेनी फौजले रुसी फौजलाई धपाएर पठाएको दक्षिणी सहर खेर्सोनमा आयोजित सडक महोत्सवमा पनि सहभागिता जनाएका थिए । 

Global Ime bank

जेलेन्स्कीलाई वर्ष पुरुष उपाधि विजेता घोषणा गर्ने क्रममा प्रधान सम्पादक फेल्सेन्थलले भनेका छन्, “उनको सूचनाको आक्रमकताले भूराजनीतिक मौसम प्रणालीलाई परिवर्तन गर्दै विश्वभरि फैलिने कार्य लहर पैदा ग¥यो । युक्रेनी युद्धले जोसुकैमा चाहे सन्त्रास वा आशा पैदा गरोस् तर, जेलेन्स्कीले विश्वलाई यसरी हल्लाएको जस्तो घटना हामीले दशकौँदेखि देखेका छैनौँ ।”

जेलेन्स्कीलाई टाइमले ‘युक्रेनको साहस’ उपाधिले सम्मानित गर्ने भएको छ । मुलुकको रक्षाका लागि दिनरात खट्ने विभिन्न पेसाका युक्रेनी जनतालाई प्रतिनिधित्व गर्दै युक्रेनको साहसको संज्ञा दिइएको बताइएको छ । 

टाइमले पहिलोपटक सन् १९२७ मा ‘वर्ष व्यक्ति’ पुरस्कार दिन सुरु गरेको हो । गतवर्ष टेस्ला तथा स्पेसएक्सका प्रमुख तथा विश्वका सर्वाधिक धनी अर्बपति एलोन मस्कलाई यस उपाधिबाट सम्मानित गरिएको थियो । लाइभमिन्टबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC