site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुजरातमा भाजपाको सरकार बन्ने, मुख्यमन्त्री पटेल नै हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको गुजरात राज्यमा भारतीय जनता पार्टी (भाजपा)को सरकार बन्ने पक्कापक्की भएको छ ।

अहिले गुजरात र हिमाचल प्रदेश विधानसभा निर्वाचनसँगै अरू राज्यहरूमा ६ विधानसभा र एक लोकसभा सिटका भएको उपनिर्वाचनको मतगणना जारी छ । सबैको ध्यान खिचेको गुजरातमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) पनि मैदानमा उत्रिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, निर्वाचनको नतिजाले त्यस्तो देखिएन ।

Agni Group

पछिल्लो मतपरिणामानुसार भाजपाले ६२ वर्षयताकै राम्रो नतिजा निकाल्दै ‘क्लिन स्वीप’ गर्ने देखिएको छ । त्यहाँ भाजपाले १५८, भारतीय राष्ट्रिय कांग्रेसले १६ र आपले सात सिट जित्ने देखिएको छ । यसअघि, सन् १९८५ मा राज्य चुनावमा कांग्रेसले १४९ सिट जितेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति र ‘स्टार पावर’का साथ पश्चिमी राज्य गुजरातमा चुनाव प्रचार गरेको थियो । निर्वाचन घोषणापछि मोदीले त्यहाँ ३० भन्दा बढी र्‍याली गरेका थिए ।

Global Ime bank

मुख्यमन्त्रीको दाबेदार
सातौँपटक गुजरातमा सरकार चलाउने तयारीमा रहेको भाजपाका लागि वर्तमान मुख्यमन्त्री भूपेन्द्र पटेल घाटलोडियाबाट चुनावी मैदानमा छन् । पटेल अहमदाबादको आफ्नो निर्वाचन क्षेत्रबाट ठूलो विजय हासिल गर्नेतर्फ अग्रसर छन् ।

सन् २०२१ सेप्टेम्बरमा विजय रुपाणीलाई हटाई पटेल मुख्यमन्त्री बनेका थिए । गएको महिना केन्द्रीय गृहमन्त्री अमित शाहले भाजपाले गुजरातमा बहुमत ल्याए पटेल नै मुख्यमन्त्रीमा दोहोरिने बताएका थिए ।

गुजरात विधानसभा निर्वाचनअघि पूर्वमुख्यमन्त्री रुपाणी, भूपेन्द्रसिंह चुडासामालगायत भाजपा नेताहरूले प्रतिस्पर्धा नगर्ने बताएका थिए । राज्यका पूर्वउपमुख्यमन्त्री नितिन पटेलले पनि प्रतिस्पर्धा गरेनन् । एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC