site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केरला अदालतमा बहस : समस्या निकाल्ने पुरुषलाई थुनेर महिलालाई स्वतन्त्र हिँड्न दिऔँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको केरला उच्च अदालतको एक इजलासमा महिला स्वतन्त्रको विषयमा न्यायाधीशले रोचक टिप्पणी गरेका छन् । स्वतन्त्रताका विषयमा छात्राबासमा रहेका महिला र पुरुषलाई अलग व्यवहार गरिएको विषयमा परेको रिटमाथि बहसका क्रममा न्यायाधीशले महिलालाई स्वतन्त्र हिँड्न दिनुपर्ने विषयमा रोचक टिप्पणी गरेका हुन् ।

केरला उच्च अदालतमा बुधबार न्यायाधीश देवन रामचन्द्रनको एकल इजलासमा भएको बहसमा न्यायाधीशबाट ‘शैक्षिक संस्थाको महिला छात्राबासमा कर्फ्युको उद्देश्य महिलाहरूको सुरक्षा सुनिश्चित गर्नु हो भने पुरुषहरूलाई कर्फ्यु लागउनु पर्छ’ भन्ने टिप्पणी गरेका छन् । 

Agni Group

सन् २०१९ मा जारी सरकारी आदेशअनुसार छात्राबासमा रातिको समयमा हिँडडुलमा लगाइएको प्रतिबन्धमा महिलामाथि विभेद भएको भन्दै एमबीबीएसका पाँच महिला विद्यार्थी र मेडिकल कलेज कोझिकोडको कलेज युनियनका पदाधिकारीहरूले दायर गरेको रिट निवेदनमाथि छलफल हुँदा न्यायाधीशले उल्लेखित टिप्पणी गरेका हुन् ।

उक्त सरकारी आदेशअनुसार छात्राबासमा लागेको प्रतिबन्ध पुरुषहरुका लागि लचिलो भएको तर महिलाहरुका लागि भने कडारुपमा लागु भएको भन्दै विद्यार्थीहरुले अदालतमा निदेवन दिएका थिए । उक्त आदेशअनुसार राति साढे ९ बजेपछि छात्राबासबाट बाहिर निस्कन अथवा भित्र आउन निषेध गरिएको थियो । तर, उक्त निषेध आदेशमा छात्रहरुले भने छुट पाएका बताइएको बारएन्डबेन्चले लेखेको छ । 

Global Ime bank

सोही रिट निवेदनमाथिको बहसका क्रममा न्यायाधीश रामचन्द्रनले महिला छात्राबासमा कर्फ्यु लगाएर उद्देश्य पूरा नहुने र महिला विद्यार्थीमाथि अविश्वास गरेर केही पनि हासिल गर्न नसकिने बताए । 

“पुरुषहरूलाई बन्द गर्नुहोस् । मैले यो भन्छु, किनभने तिनीहरूले समस्या सिर्जना गर्छन्,” न्यायाधीश रामचन्द्रनले टिप्पणी गरे, “राति ८ बजेपछि पुरुषका लागि कर्फ्यु लगाउनुहोस् । महिलाहरूलाई बाहिर निस्कन दिनुहोस् ।”

निवेदक विद्यार्थीहरुले सरकारी आदेशलाई चुनौती दिँदै राति साढे ९ बजेपछि छात्राबासबाट बाहिर निस्कन अथवा भित्र जानका लागि लगाइएको प्रतिबन्ध बाध्यात्मक नभएर ऐच्छिक हुनुपर्ने माग गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC