site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल काठमाडौं ओपन : दोस्रो दिन पनि रविको अग्रता कायमै (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार अन्डर ६४ स्कोर गरेका रवि खड्काले समग्रमा १०–अन्डर १२६ स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन पनि अग्रता बनाउन सफल भएका छन् । 

नयाँ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनमा रविले पहिलो दिन ६–अन्डर ६२ स्कोर गरेका थिए । ३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । 

रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिनेक्रममा पहिलो, तेस्रो, चौँथो र छैटौँ होलमा बर्डी प्रहार गरे । नवौँ होलमा एक सट खेर फालेका रविले फ्रन्ट नाइन ३–अन्डर ३१ को स्कोरमा सके । १४औँ र १७औँ होलमा एक–एक सट बचाए पनि १६औँ होलमा बोगी खेलेपछि रविले ब्याक नाइन १–अन्डर ३३ को स्कोरमा सकाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

Golf photo (12)1670423922.jpg

दोस्रो स्थानमा रहन सफल भुवनले पनि दोस्रो दिन ४–अन्डर ६४ कार्ड बनाउँदा समग्रमा ९–अन्डर १२७ को स्कोर बनाउन सफल भएका छन् । भुवनले पहिलो दिन ५–अन्डर ६३ स्कोर गरेका थिए । भुवनले दोस्रो दिन फ्रन्ट नाइनमा ३–अन्डर ३१ स्कोर गरे । उनले दोस्रो, चौँथो र पाँचौँ होलमा बर्डी प्रहार गरे । त्यसपछि १५औँ होलमा बर्डी खेलेका भुवनले ब्याक नाइन १–अन्डर ३३ को स्कोरमा सकाएका थिए । 

Global Ime bank

Golf photo (11)1670423921.jpg

दोस्रो दिन पनि १–अन्डर ६७ अंक बनाएका रमेश अधिकारीले समग्रमा २–अन्डर १३४ स्कोर गर्दै तेस्रो स्थानमा उक्लिन सफल भएका छन् । रमेशले पहिलो दिन पनि १–अन्डर ६७ अंक स्कोर गरेका थिए । रमेशले १–अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १–अन्डर ३३ को स्कोरमा पुरा गरे । रमेशले पहिलो, तेस्रो, चौथो र नवौँ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगी खेल्न पुगे । रमेशले ब्याक नाइन इभन–पार ३४ मा सकाए । रमेशले ११औँ र १३औँ होलमा एक–एक सट बचाए पनि १५औँ र १७औँ होलमा एक–एक सट खेर फालेका थिए ।

Golf photo (10)1670423920.jpg

प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) खेलिरहेका नेपालका नम्बर वान शुक्रबहादुर राई, प्रदीपकुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधानले समग्रमा इभन–पार १३६ को स्कोर गर्दै संयुक्तरूपमा चौँथो स्थानमा छन् । 

उपाधि दाबेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा दोस्रो दिन ३–ओभर ७१ को स्कोर गरे । शुक्रले पहिलो दिन ३–६५ को स्कोर गरेका थिए । प्रदीप र राजेन्द्रले दोस्रो दिन समान २–अन्डर ६६ को स्कोर कार्ड तयार पारेका थिए । प्रदीप र राजेन्द्र दुबैले अघिल्लो दिन २–ओभर ७० स्कोर गरेका थिए । 

Golf photo (9)1670423918.jpg

समग्रमा १–ओभर १३७ स्कोर गरेका कृष्णमान राजबाहक सातौँ स्थान छन् । समान २–ओभर १३८ को को स्कोर गरेका सूर्यप्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरूपमा आठौँ स्थानमा छन् । 

एमेच्योरतर्फ अजित बिके समग्रमा ६–ओभर १४२ को स्कोरसहित शीर्षस्थानमा कायमै छन् । उनले आज ४–ओभर ७२ मा खेल सकाएका थिए । दोस्रो स्थानमा रहन सफल सुरेश तामाङ र तेस्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन् । 

Golf photo (8)1670423917.jpg

दोस्रो दिन ३६ होलको खेल सकिँदा १५–ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन् । एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउँदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन् । प्रतियोगितामा ३१ प्रोफेशनल र ५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

Golf photo (6)1670423913.jpg

कूल ६ लाख ७० हजार पुरस्कार रकम रहेको प्रतियोगिताको विजेताले एक लाख १६ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । उपविजेता खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट २१ भित्र पर्न सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Golf photo (2)1670423908.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC