site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भान लिगेनले शतक बनाउँदा नामिबियाद्वारा नेपालसामु २७६ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिचेल भान लिगेनको शतकप्रेरित नामिबियाले बुधबार आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालसामु २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

भान लिगेनले ११९ रन बनाएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रनको योगफल खडा गर्‍याे । 

Prabhu Bank
Agni Group
NIC Asia

नामिबियाका भान लिगेनले १११ बलमा १५ बल र एक छक्का प्रहार गरे । कप्तान गेहार्ड इरास्मसले ५३, जान निकालेल लोफ्टी इटोनले ४०, डिभान ला ककले १८ र लो–हान्ड्रे लोउरेन्सले १४ रन जोडे । 

namibia1670412889.jpg

Global Ime bank

नेपालका ललित राजवंशीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यसबाहेक सोमपाल कामीले दुई र सागर ढकालले एक विकेट लिए ।

शृंखलामा नेपालको यो तेस्रो र नामिबियाको चौथो खेल हो ।

शृंखलामा नेपाल र नामिबियासँगै स्कटल्यान्ड सहभागी छन् । वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको पहिलो खेल रद्द भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।

यता नामिबिया भने पहिलो खेलमा स्कटल्यान्डसँग चार विकेटले पराजित भएको थियो । नेपालविरुद्धको दोस्रो खेल रद्द हुँदा नामिबियाले तेस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC