site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२८ प्रतिशतले माग घट्दा व्यापार घट्यो, आईटीबाहेक सबै क्षेत्र सुस्तायो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । आर्थिक क्रियाकलापमा शिथिलता आएपछि २८ प्रतिशतले माग घटेको देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको अध्ययनमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले मागमा कमी आएको हो ।
 
परिसंघले १६ वटा उद्योग व्यवसायका १०८ जना सहभागीसँग गरेको अध्ययनले समग्रमा २८ प्रतिशतले मागमा कमी आएको देखिएको हो । परिसंघको अध्ययनको क्रममा सबैभन्दा बढी मागमा कमी अटोमोबाइल्स क्षेत्रमा आएको देखिएको छ । अटोमोबाइल्स क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७८.१ प्रतिशतले कमी आएको छ । यस्तै कारोबारमा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ७१.१ प्रतिशतले कमी आएको छ । 

सिमेन्ट उद्योगमा माग ४०.२ प्रतिशतले मागमा कमी आएको छ । कारोबार ३९ प्रतिशतले घटेको छ । 
इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन क्षेत्रको ४३.४ प्रतिशतले मागमा कमी आउँदा कारोबार ४३.७ प्रतिशतले घटेको छ । 

Agni Group

इकमर्शको माग गतवर्षको तुलनामा ५.५ प्रतिशतले बढेको भए पनि एक प्रतिशतले कारोबार घटेको छ । एफएमसीजी क्षेत्रको माग २.५ प्रतिशतले बढेको छ । कारोबार १२.३ प्रतिशतले बढेको छ ।
 
फुटवेयर क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ४५.३ प्रतिशतले मागमा कमी आएको छ । ५१ प्रतिशतले कारोबार घटेको छ ।
 
एलपीजी(ग्यास)को माग नै गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले कमी आएको छ । कारोबार ४.३ प्रतिशतले कमी छ । 

आईटी क्षेत्रको भने माग र व्यापार दुवै बढेको छ । गतवर्षको पहिलो त्रैमासको तुलनामा १४.५ प्रतिशतले माग बढ्दा व्यापार १६.७ प्रतिशतले बढेको छ । 

Global Ime bank

अन्य उत्पादन उद्योगमा २९.४ प्रतिशतले मागमा कमी आएको छ । व्यापार ३७.९ प्रतिशतले घटेको छ ।
 
फर्मा उद्योगमा माग १८.८ प्रतिशतले कमी आएको छ । व्यापार १८.३ प्रतिशतले घटेको छ । प्लास्टिक उत्पादन ३८.२ प्रतिशतले घटेको छ । ३१.२ प्रतिशतले कारोबार घटेको छ । 

रियलस्टेट ५२.८ प्रतिशतले माग घट्दा ४० प्रतिशतले कारोबार घटेको छ । 

साना तथा मझौला क्षेत्रको ३३.७ प्रतिशतले मागमा कमी आएको छ । कारोबार ३६.३ प्रतिशतले घटेको छ ।
 
स्टिल उद्योगको माग ६१.१ प्रतिशतले घट्दा व्यापारमा ५३ प्रतिशतले कमी आएको छ । गार्मेन्टको माग सामान्य १.१ प्रतिशतले बढ्दा व्यापार २.४ प्रतिशतले घटेको छ । 

अध्ययनले ७० प्रतिशत उद्योगी व्यवसायीले लगानीको योजनालाई पछाडि सारेको उल्लेख गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC