site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जिरूडले कीर्तिमान बनाउँदा पोल्यान्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्ट्राइकर ओलिभर जिरूडले देशका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएको खेलमा आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । 

FB_IMG_16701727552781670174429.jpg

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई र जिरूडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोवस्कीले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अधिकांश समय बलमा पकड बनाएको फ्रान्सका लागि जिरूडले ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एमबाप्पेले बनाएको मौकालाई सदुपयोग गर्दै जिरूडले फ्रान्सलाई अग्रता दिलाएका थिए ।

Global Ime bank

FB_IMG_16701727407141670174427.jpg

 

यो गोलसँगै जिरूडले फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । जिरूडको यो ५२औँ अन्तर्राष्ट्रिय गोल हो । यसअघि थिएरी हेनरीले ५१ गोल गर्दै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

जारी विश्वकपमा भने जिरूडको यो तेस्रो गोल हो ।

FB_IMG_16701727589951670174428.jpg

खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । यस्तै इन्जुरी टाइममा एमबाप्पेले नै गोल गर्दै फ्रान्सको अग्रतालाई ३-० मा पुर्‍याए । जारी विश्वकपमा 'गोल्डेन बूट'को दौडमा सबैभन्दा अघि रहेका एमबाप्पेको यो पाँचौँ गोल हो ।

20221204_2255311670174427.jpg

 

तर, इन्जुरी टाइममा नै लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डको खेललाई ३-१ को अवस्थाम ल्याएपनि टिमको हार टार्न सकेनन् । 

ड्याओट उपामेकानोले १८ यार्ड बक्सभित्र ह्यान्डबल भएपछि पोल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसलाई फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बिफल बनाएका थिए । तर, रेफ्रीले लेवान्डोवस्कीलाई पुन: पेनाल्टी प्रहारको अवसर दिएका थिए । यसमा भने लेवान्डोवस्कीले कुनै गल्ती गरेनन् ।

20221204_2142371670169837.jpg

फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ । 

विश्वकपमा फ्रान्स समूह 'डी' को विजेताको रूपमा र पोल्यान्ड समूह 'सी' को उपविजेताको रूपमा अन्तिम-१६ मा प्रवेश गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC