site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी थिए पेलेलाई वर्षाैँअघिदेखि सताइरहेका स्वास्थ्य समस्याहरू 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्राजिलका फुटबल लिजेन्ड पेले यतिखेर अल्बर्ट आइन्सटाइन अस्पतालको इन्ड अफ लाइफ केयर वार्डमा उपचाररत छन् । 

कोलोरेक्टल (ठूलो आन्द्राको क्यान्सर) सँग जुधिरहेका उनको शरीरमा शुक्रबारयता किमोथेरापीले प्रतिक्रिया नगरिरहेको आइन्सटाइन अस्पतालले जनाएको थियो । अस्पतालको शुक्रबारको रिपोर्टअनुसार पेलेको शरीर सुन्निएको र स्वास्थ्य अवस्था स्थिर थियो । 

शनिबार भने पेलेले इन्स्टाग्राममा आफूलाई बलियो महसुस भएको र ठूलो आशाका साथ उपचार गराइरहेको भन्दै पोस्ट सेयर गरेका थिए । नियमित फलोअपका लागि बुधबार अस्पताल भर्ना भएका उनलाई निमोनिया संक्रमणसमेत देखिएको अस्पतालले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता थिए पेलेका स्वास्थ्य समस्याहरू

सन् १९४० अक्टोबरमा जन्मिएका एड्सन अरान्ते दो नासिमेन्तो (पेले)को स्वास्थ्यमा तबदेखि समस्या सुरु भयो जब खेलकै क्रममा उनको दुईवटा करङ भाँचिए । यसरको असर उनको दायाँ खुट्टामा प¥यो । 

Global Ime bank

त्यतिमात्रै नभइ सन् १९७० मा उनको बायाँ मिर्गौलामा संक्रमण देखिएपछि फालिएको थियो । त्यसयता एउटामात्रै मिर्गौला लिएर बाँचिरहेका पेले खेल जीवनमा सक्रिय रहिरहे । यस बीचमा उनलाई मुत्रनलीको संक्रमणले सताइरह्यो ।  

सन् २०१४ नोभेम्बरमा पुनः उनको दायाँ मिर्गौलामा पत्थरी देखियो । शल्यक्रियामार्फत पत्थरी निकालिए पनि उनलाई हेमोडायलायसिस भने निरन्तर गर्नुपर्ने भयो । 

मुत्रनलीको संक्रमणले घरीघरी सताइएका पेलेलाई सन् २०१५ मा भने प्रोटेस्ट बढेर केहीदिन अस्पताल भर्ना गर्नुपरेको थियो । आइन्स्टाइन अस्पतालमा नै निरन्तर उपचार गराइरहेका उनलाई सन् २०१९ मार्चमा फेरी मुत्रनलीमा नै पत्थरी देखिएपछि शल्यक्रिया गरिएको थियो । 

सन् २०२१ मा भने पेलेलाई ठूलो आन्द्रामा ट्युर देखिएपछि सोही अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो । त्यसयता निरन्तर किमोथेरापी लिइरहेका पेलेलाई पछिल्लोपटक भने गत बुधबार अस्पताल भर्ना गरिएको हो । 

मिर्गौलासँगै हड्डीको समस्या लिएर बाँचिरहेका उनको हिपमा समेत समस्या भएपछि ह्वीलचेयरको सहायतामा थिए । तर, मानसिक रूपमा भने उनी हरेक शल्यक्रियापछि फ्रेस हुने गरेको आइन्स्टाइन अस्पतालका अधिकारीहरूले बताउँदै आएका छन् । 

शनिबारयता भने यी सबै स्वास्थ्य समस्यासँगै निमोनिया संक्रमण भएका पेलेलाई इन्ड अफ लाइफ केयर वार्डमा सारिएको हो । जहाँ बिरामीलाई जीवनको अन्तिम चरणलाई मानसिक तथा भावनात्मक पद्धतिमार्फत फ्रेस बनाउने किसिमका उपचार गरिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC