site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालले स्कटल्यान्डलाई दियो १३८ रनको लक्ष्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज स्कटल्यान्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको हो ।

Agni Group

नेपालका लागि बलर गुल्सन झाले सबैभन्दा धेरै २९ रन बनाए । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहितकुमार पौडेलले १७ र आरिफ शेखले १० रन जोडे । 

स्कटल्यान्डका क्रिस सोलेले तीन विकेट लिए भने मार्क वाटले दुई विकेट लिए । ब्रान्डन  म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले एक एक विकेट लिए । 

Global Ime bank

लिग–२ मा नेपाल २१ खेलमा १८ अंकसहित छैटौँ स्थानमा छ । स्कटल्यान्ड भने २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ४ विकेटले पराजित गरेको थियो । नेपाल र नामिबियाको खेल वर्षाका कारण नजिताविहीन बन्दा अंक बाँडेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC