site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निजी क्षेत्रलाई साथमा लिएर राजस्वको लक्ष्य पूरा गर्ने महानिर्देशक मैनालीको योजना
Ghorahi CementGhorahi Cement

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले निजी क्षेत्रलाई विश्वासमा लिएर लक्ष्यअनुसार राजस्व संकलन गर्ने योजना बनाएका छन् । 

गत वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा राजस्व संकलन २० प्रतिशतले कमी आएको छ । सरकारले राजस्वको लक्ष्य पूरा नभएपछि विभागका तत्कालीन महानिर्देशक रितेश शाक्यलाई हटाएर मैनालीलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

कर प्रशासनमा मैनालीको छवि राम्रो छ । उनी कर प्रशासनको सुधारकको रूपमा परिचित छन् । यसअघि विभागमा निर्देशकको रूपमा काम गर्दा बहुचर्चित नक्कली भ्याट बिलसम्बन्धी अनुसन्धानमा उनी सफल भएका थिए । 

Agni Group

त्यस्तै, राजस्व अनुसन्धान विभागको महानिर्देशक रहँदा नक्कली भ्याट बिलको अनुसन्धान गर्नुका साथै साथै भेइकल कन्साइनमेन्ट ट्र्यााकिङ सिस्टम (भीसीटीएस) लागु गरे । यस्तो सिस्टमले कुन मालबाहक ट्रकले कहाँबाट के सामान कहाँ लग्दै छ भन्ने सहज रूपमा सूचना प्राप्त हुनुका साथै कर छल्न सक्ने सम्भवान कम हुँदै गएको छ ।

भर्खरै विभागको महानिर्देशकमा नियुक्त भएका मैनालीमाथि राजस्व लक्ष्यअनुसार संकलन गर्ने ठूलो जिम्मेवारी छ । पछिल्लो समय चालु खर्च नै नपुग्ने राजस्व उठेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । 

Global Ime bank

तर, महानिर्देशक मैनालीले राजस्व वृद्धिका सम्भावना प्रशस्त भएको र त्यसको लागि योजनाबद्ध ढंडले अगाडि बढेको बताए । पछिल्लो समय ‘विविध’ कारणले गर्दा राजस्व संकलनमा कमी आएको भएपनि आउँदा दिनमा तोकिएको लक्ष्य हासिल गर्न विभाग अगाडि बढेको पनि उनले जानकारी दिए । 

“राजस्व लक्ष्यअनुसार नउठेर पुँजीगत खर्च कम भयो भने सबैभन्दा बढी घाटा निजी क्षेत्रलाई हुन्छ । किनभने हाम्रो अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ । सरकारको योगदान त ३० प्रतिशत मात्र हो,” उनले भने, “त्यसो भएर हामी सबै मिलेर जानुपर्ने हुन्छ । हामी आशावादी छौँ, अहिलेको अवस्थामा सुधार आउँछ । सुधारिएको रिजल्ट अबको ६ महिनापछि आउनेछ ।”

कर प्रशासनमा भएका चुहावटलाई नियन्त्रण गर्दै यसलाई सुधारमा लाग्ने पनि मैनालीले प्रतिबद्धता जनाएका छन् । चुनावको समयमा भन्सार र कर छलेर सामान भित्र्याउने सम्भावना भएकाले पनि त्यसको अनुगमन राम्रोसँग हुन नसेको उनको बुझाइ छ । 

“निर्वाचनमा कर्मचारीलगायत सुरक्षा निकाय खटिनुपरेको थियो । यही समयमा कतिपय स्वार्थ समूहले व्यक्तिगत फाइदा लिनसक्ने सम्भावना रह्यो । यसले पनि राजस्व कम उठ्न पुगेको हो,” उनले भने, “अबका दिनमा यस्ता कुरालाई प्राथमिकतामा राखेर कर प्रशासनलाई व्यवस्थित गर्नतर्फ सजक हुनेछौँ ।”

कानुन र विधिसम्बत ढंगले कर प्रशासनलाई व्यवस्थित गर्ने मैनालीको योजना छ । त्यसका लागि अनुगमत र जनचेतनालाई प्राथमिकतामा राख्ने पनि बताइएको छ । सेवाग्राहीले जहिले पनि बिल अनिवार्य रूपमा लिने बानी बसाल्नुपर्ने उनले बताए । पसलबाट सामान किनेपछि कर छली कम हुने उनको भनाइ छ । त्यसका साथै व्यापारी पनि कर नछली सिस्टममा कारोबार गरे उनीहरूले नै सुविधा पाउने उनको भनाइ छ ।

लक्ष्यअनुसार कर संकलन गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने भएकाले कसरी कर प्रणालीलाई सुधार गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रसँग पनि प्रशस्त छलफल भइरहेको मैनालीले जानकारी दिए । 

“हाम्रो काम भनेकै राज्यले राखेको लक्ष्यअनुसार कर संकलन गर्नु हो । त्यसको लागि हामीले के गर्नुुपर्छ भन्नेतर्फ हामी सजग छौँ । लक्ष्य पूरा गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण भएकाले हामीले छलफल थालिसकेका छौँ,” उनले भने, “राजस्वसम्बन्धी कानुन र नीतिअनुसार नै हामी लक्ष्यतर्फ लम्किएका छौँ ।”

त्यस्तै, नयाँ सरकार गठनको चरणमा भएकाले पनि नयाँ सरकारको सकारात्मक प्रभाव राजस्व संकलनमा पर्ने उनले बताए । अब बन्ने सरकार २ वर्षका लागि स्थिर हुने भएकाले पनि आर्थिक विकासमा सरकारको ध्यान जाने र कर प्रशासनमा व्यापक सुधार हुनेमा उनी आशावादी छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC