site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । भेट्रान स्पिनर नाथन लियोनले चौथो इनिङ्समा ६ विकेट लिएपछि अस्ट्रेलियाले आइतबार वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा १६४ रनको विजय हासिल गरेको छ । जितसँगै दुई खेलको टेस्ट शृंखलामा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

पर्थ रंगशालामा ४९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजलाई अन्तिम दिन जितका लागि ३०६ रन आवश्यक थियो । भ्रमणकारी वेस्ट इन्डिजले १९२–३ को स्थितिबाट पाँचौँ दिनको सुरुआत गरेको थियो । तर, वेस्ट इन्डिजले ३३३ रन जोड्दा सबै विकेट गुमायो ।

अघिल्लो दिन दुई विकेट लिएका लियोनले अन्तिम दिन थप चार विकेट लिए । ३५ वर्षीय लियोनले ४२.५ ओभरमा १२८ रन दिएर ६ विकेट लिए । लियोनलाई ट्रभिस हेडले दुई तथा मिचेल स्टार्क र जोश हाज्लेउडले एक/एक विकेट लिएर साथ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो इनिङ्समा वेस्ट इन्डिजका कप्तान क्राइग ब्रेथह्वाइटले ११० रन बनाए । रोस्टन चेजले ५५, टागेनारिन चन्द्रपाउलले ४५, अल्जारी जोसेफले ४३ रन जोडे । अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजले पहिलो इनिङ्समा २८३ रन बनाएको थियो । पहिलो इनिङ्समा वेस्ट इन्डिजका लागि कप्तान ब्रेथह्वाइटले ६४, चन्द्रपाउलले ५१, जेरेमी ब्ल्याकउडले ३६, शामर ब्रुक्सले ३३ रन बनाएका थिए ।

Global Ime bank

पहिलो इनिङ्समा अष्ट्रेलियाका लियोनले दुई विकेट लिएका थिए । स्टार्क र पाट कमिन्सले समान तीन विकेट लिँदा हाज्लेउड र क्यामरुन ग्रीनले समान एक/एक विकेट लिए ।

अष्ट्रेलियाले चार विकेट गुमाएर ५९८ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा मार्नुस लाबुसेनले २०४ रन बनाए । पूर्वकप्तान स्टिभ स्मिथले अविजित २०० रन जोडे । ट्रभिस हेडले ९९ रन बनाउँदा उस्मान ख्वाजाले ६५ रनको योगदान गरे ।

वेस्ट इन्डिजका ब्रेथह्वाइटले दुई विकेट लिँदा काइल मायर्स र जेडेन सिल्सले एक/एक विकेट लिए ।

पहिलो इनिङ्समा ३१५ रनको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो इनिङ्समा दुई विकेट गुमाएर १८२ रन बनाउँदा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा लाबुसेनले अविजित १०४ रन बनाउँदा डेभिड वार्नरले ४८ रन जोडे । स्मिथ २० रनमा अविजित रहे । वेस्ट इन्डिजका केमर रोच र रोष्टन चेजले एक/एक विकेट लिए ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट बिहीबारदेखि एड्लेइड क्रिकेट मैदानमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC