site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से झिनो अंकले बढ्यो, डेढ अर्बको सेयर कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । गएको बिहीबारको तुलनामा नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएर १९६३.२२ विन्दुमा बन्द भएको हो ।

यस दिन एक अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेका अनुसार आइतबार २४३ धितोपत्रको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर ३२१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, ओरेन्टियल होटेल लिमिटेडको सेयर मूल्य ६.५७ प्रतिशतले वृद्धि भएर ५१९ रुपैयाँ पुगेको छ ।

Global Ime bank

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ । यो बैंकको १९ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.३० प्रतिशतले वृद्धि भएर ३८४.८३ विन्दु कायम भएको छ । कारोबारमा अएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC