site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले आज स्कटल्यान्डविरुद्ध खेल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध खेल्दै छ । 

घरेलु टोली नामिबियाविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपालको खेल नतिजाविहीन बनेको थियो । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले १९८ रनको लक्ष्य पछ्याउने क्रममा चार बल खेलेर चार रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।

नेपालले आज स्कटल्यान्डविरुद्ध पनि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमै खेल्नेछ । खेल नेपाली समयअनुसार दिउसो १ः४५ बजे सुरु हुनेछ । 

Global Ime bank

२१ खेलबाट १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान ४४ अंकका साथ शीर्ष स्थानमा छ । ४२ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ३५ अंक जोडेको अमेरिका तेस्रो, ३३ अंक जोडेको नामिबिया चौथो र यूएई २७ अंकसाथ पाँचौँ स्थानमा छ । ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC