site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीको कीर्तिमानमा अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । 

लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा भएको खेलमा अग्रता बनाएको थियो । १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीले मिलाएको बलमा मेसीले उत्कृष्ट फिनिसिङ गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो । यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो ।

योसँगै विश्वकपमा २२ खेल पुर्‍याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाबाट २१ खेल खेलेका थिए ।

Global Ime bank

अस्ट्रेलियाका गोलकिपरको गम्भीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । अस्ट्रेलियन गोलकिपर म्याथ्यु र्यानले ६ यार्ड बक्सभित्र नियन्त्रणमा लिन नसकेको बललाई आल्भारेजले सहजै गोल गरे । 

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियालाई २–१ को अवस्थामा फर्काएका थिए । १८ यार्ड बक्सबाहिरबाट अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो । 
 
अर्जेन्टिनाका कप्तान मेसीको आजको खेल फुटबल करियरको १००० औँ खेल हो । मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन् ।

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो । यता अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको थियो । 

जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै अन्तिम–८ मा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC