site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकप फुटबल : नेदरल्यान्ड्स क्वाटरफाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ को पहिलो खेल जित्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान बनाएको छ । उसले अमेरिकालाई ३–१ गोल अन्तरले पन्छाउँदै क्वाटरफाइल पुग्ने पहिलो टिम बनेको हो । 

नेदरल्यान्ड्सले मेम्फिस डिपाएको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । बार्सिलोनाका फरवार्ड डिपाएले डेन्जेल डमफ्रिजको क्रसलाई पोस्टको दिशा दिएका हुन् । ब्लाइन्डले इन्ज्युरी समयमा नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ब्लाइन्डको गोलमा पनि डमफ्रिजले क्रस गरेका थिए ।

Agni Group

दोस्रो हाफको ७६ औँ मिनेटमा हजी राइटले गोल गरेसँगै अमेरिकाले खेलमा फर्कने प्रयास गरेको थियो । तर, खेलको ८१ औँ मिनेटमा नेदरल्यान्ड्सका डेन्जलले गोल गरेसँगै अमेरिका ३–१ले हार्न पुग्यो । 

नेदरल्यान्ड्स विश्वकपको पछिल्ला १९ खेलमा युरोपबाहिरका टिमसँग हारेको छैन । सन् १९९४ को क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएपछि नेदरल्यान्ड्स युरोपबाहिरको टिमसँग हारेको छैन ।

Global Ime bank

नेदरल्यान्ड्सले अब अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाले आजै प्रतिस्पर्धा गर्नेछन् । 

नेदरल्यान्ड्स समूह ‘ए’को विजेता टिम हो । समूह चरणमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले हराएको थियो भने इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारमाथि २–० को विजय हासिल गरेको थियो । 

अमेरिका समूह ‘बी’को उपविजेता टिम हो । अमेरिकाले समूह चरणमा वेल्ससँग १–१ र इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा इरानलाई १–० ले हराएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC