site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसिया एयरलाइन्समा भारतीय क्रिकेटरको ‘खराब यात्रा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसिया एयरलाइन्सले ‘बिजनेस क्लास’मा यात्रारत भारतीय क्रिकेटरलाई यात्रा दौरान खाना नदिएको र खराब व्यवहार प्रदर्शन गरेको सार्वजनिक भएको छ । भारतीय क्रिकेटर दीपक चहरले यस्तो खुलासा गरेका हुन् । 

बंगलादेश यात्राका क्रममा मलेसिया एयरलाइन्स आफूहरूलाई जानकारी नै नदिई उडान तालिका परिवर्तन गरेको र बिजनेस क्लासमा यात्रा गरे पनि खानाको समेत व्यवस्था नभएको चहरले बताएका छन् । उनले ट्विट गर्दै आफ्नो यसपटकको यात्रा खराब रहेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चहरले बिनाखानाको खराब यात्रापछि फेरि मलेसिया एयरलाइन्सले अर्को दुःख दिएको पनि बताएका छन् । उनले आफूहरूको उडान सकिएको २४ घण्टासम्म लगेजका लागि कुर्नुपरेको बताएका छन् । 

“मलेसिया एयरलाइन्ससँग यात्रा गर्नु निकै नराम्रो अनुभव थियो । सबैभन्दा पहिले, तिनीहरूले मलाई जानकारी नगरी हाम्रो उडान परिवर्तन गरे । बिजनेस क्लासमा पनि खाना खुवाइएको छैन,” उनले ट्विट गरेका छन्, “अब हामी पछिल्लो २४ घण्टादेखि हाम्रो सामान प्राप्त गर्न पर्खिरहेका छौं । सोच्नुहोस्, भोलि (आइतबार) हामीले खेल पनि खेल्नुपर्छ ।”

Global Ime bank

भारतीय क्रिकेट टोली यति बेला बंगलादेशको भ्रमणमा छ । जहाँ दुई टोलीबीच तीन एकदिवसीय र दुई टेस्टको शृंखला हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC