site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र
Sarbottam CementSarbottam Cement

लुसिल (कतार) । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो ।

ब्राजिलसँगको खेलमा सानदार जित निकालेको क्यामरुन समूह चरणको खेलबाट बाहिरिएको छ । यद्यपि, क्यामरुनका मुख्य प्रशिक्षक रिगोवर्ट सोङ पाँचपटकको विश्व विजेतालाई आफ्ना खेलाडीले हराएकामा क्यामरुन मात्र नभई समग्र अफ्रिकी महादेशका निम्ति गर्वको विषय भएको बताउँछन् । दोभाषेको सहायतामा एसोसिएटेड प्रेससँग कुरा गर्दै उनले युवा वर्गलाई अवसर दिएमा लक्ष्य हासिल गर्न सहज हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नै युवावयको स्मरण गर्दै उनले स्थानीय फुटबल क्लबमा खेलिरहेको आफूलाई सन् १९९४ को विश्वकपमा आफ्ना प्रशिक्षकले अवसर दिएको बताए । युवाको सामर्थ्यमा विश्वास गरेर नै गुरुले आफूलाई विश्वकप खेल्ने मौका दिएको बताउँदै उनले २४ वर्षीय जेरोम एनगोम एमबेकीलाई मैदानमा उतारेको उल्लेख गरे ।

ब्राजिलबाट ठूलो दबाब खेपिरहेको क्यामरुनलाई खेलाडी परिवर्तनको आवश्यकता पनि परेको थियो । नब्बे मिनेटको निर्धारित समयभित्र गोलरहित बराबरीमा नै दुवै टिम भिडिरहेका बेला थपिएको नौ मिनेटको उपयोग गर्न सोङले एमबेकीलाई मैदानमा उतारेका थिए ।

Global Ime bank

अतिरिक्त समयको सात  मिनेट मात्र बाँकी छँदा ब्राजिललाई ठेगान लगाउन मैदान छिरेका उनले गोलपोस्ट समीप गरेको पासलाई हेड गर्दै भिन्सेन्ट अबुबाकरले क्यामरुनलाई जिताएका थिए ।

यसैबीच, ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले क्यामरुनसँग ब्राजिलको पराजयको दोष आफूले लिएको बताएका छन् । नौपटकसम्म खेलाडी परिवर्तन गरेर स्वीट्जरल्यान्डलाई सोमबार हराएको उनको रणनीतिले क्यारुनसँगको खेलमा साथ दिएन । उनले क्यामरुनका खेलाडीको स्तरीय खेलको प्रशंसा पनि गरेका छन् । मौकाको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनले स्वीकार गरेका छन् ।

शुक्रबारको स्पर्धामा ब्राजिलले २१ र क्यारुनले नौवटा गोल गर्ने अवसर गुमाएका थिए । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC