site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भरतपुरमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशन अनुदान
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ ।

विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख मेघराज ढकालले बताए । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने महानगरले अपेक्षा लिएको उनले बताए ।

Global Ime bank

अनुदानका लागि किसानले माछापोखरीमा पानी भर्नका लागि प्रयोग भएको विद्युत् मिटरमा उठेको रकम र विद्युत् कार्यालयमा तिरेर रसिद महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ ।

यस्तै, व्यावसायिक फर्म महानगरको वडा कार्यालयमा दर्ता गरेको हुनुपर्ने र मिटर फर्मको नाममा दर्ता गरेको हुनुपर्ने प्रमुख ढकालले जानकारी दिए । यस्तै, फर्म महानगरपालिका अथवा सेवा केन्द्रमा सूचीकरणसमेत गरेको हुनुपर्ने उनले बताए ।

महानगरपालिका–१८, २०, २२, २३, २६ लगायतका वडामा व्यावसायिक रूपमा माछापालन गरिएको छ ।

महानगरपालिकाले माछासँगै र दूधमा पनि अनुदान दिइरहेको छ । प्रतिलिटर दूधमा तीन रुपैयाँ अनुदान दिने कार्यक्रम महानगरपालिकाले सञ्चालन गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC