site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोमाञ्चक जितसँगै स्विट्जरल्यान्ड अन्तिम–१६ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । समूह चरणको अन्तिम खेलमा सर्वियामाथि ३–२ को विजय हासिल गर्दै स्विट्जरल्यान्डले शुक्रबार राति कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

सर्वियासँग पराजित भएको भए स्विट्जरल्यान्ड प्रतियोगिताबाट बाहिरिने थियो । बराबरी खेल्दा पनि क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्ने थियो । पहिलो हाफमै चार गोल भएको थियो । स्विट्जरल्यान्डले जर्दान साकिरीको गोलबाट २०औँ मिनेटमा अग्रता लिएको थियो । २६औँ मिनेटमा सर्वियाका एलेक्जेन्डर मित्रोभिकले बराबरी गोल फर्काए । ३५औँ मिनेटमा डुसान भ्लाहोभिकले गरेको गोलबाट सर्वियाले अग्रता लियो । ४४औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रेल इम्बोलोले बराबरी गोल फर्काए । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो हाफको सुरुमै रेमो फ्रेउलर अर्को गोल थपे । ४८औँ मिनेटमा फ्रेउलरले गरेको गोल स्विट्जरल्यान्डलाई अन्तिम–१६ मा स्थान बनाउन पर्याप्त बन्यो । 

Global Ime bank

जितसँगै समूह ‘जी’मा स्विटरल्यान्ड र ब्राजिलको समान ६ अंक छ । तर, गोलअन्तरमा ब्राजिल समूह विजेता बन्दा स्विट्जरल्यान्ड उप विजेता बन्यो । उपविजेता स्विट्जरल्यान्डले समूह ‘एच’को विजेता पोर्चुगलविरुद्ध खेल्नेछ । विजेता ब्राजिलले अब अन्तिम–१६ मा समूह ‘एच’को उपविजेता दक्षिण कोरियाविरुद्ध खेल्नेछ । 

गएराति नै सम्पन्न खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान पक्का गरेको थियो । उक्त समूहमा उरुग्वेले घानालाई २–० ले पराजित गरे पनि लिग चरणमा विपक्षीविरुद्ध कम गोल गरेको आधारमा विश्वकपबाट बाहिरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC