site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण कोरिया १२ वर्षपछि अन्तिम १६ मा, हारेपनि पोर्चुगल बन्यो समूह विजेता
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्जुरी टाइममा हि चान ह्वाङले गरेको गोल निर्णायक बनेपछि शुक्रबार पोर्चुगललाई २–१ ले पराजित गर्दै दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

दक्षिण कोरिया १२ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो । दक्षिण कोरिया पछिल्लो पटक २०१० मा प्रिक्वार्टरफाइनल प्रवेश गरेको थियो । 

दक्षिण कोरियासँग हारका बाबजुद पोर्चुगल समूह विजेताको रूपमा प्रिक्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले अग्रत बनाएपनि दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो ।

पाँचौ मिनेटमा रिकार्डो होर्टाले गरेको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो । तर, किम योङ गोनले २७ औँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई बराबरीमा फर्काएका थिए ।

Global Ime bank

south korea 11670001476.jpg

यस्तै, इन्जुरी टाइममा चान ह्वाङले गोल गरेपछि दक्षिण कोरियाले २–१ को जित निश्चित गर्‍यो । सन ह्युङ मिनले मध्य मैदानबाट ल्याएको बल बक्सबाहिरबाट चान ह्वाङलाई निकालेका थिए । जसलाई चान ह्वाङले पहिलो ‘टच’ मा जाली चुमाए ।

दक्षिण कोरियाले जित निकालेसँगै अर्को खेलमा घानालाई २–० पराजित गरेपनि फेयर प्लेका आधारमा दुई पटकको च्याम्पियन उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ ।

KOrea1670001441.jpg

समूहमा दक्षिण कोरिया र उरुग्वेले समान चार अंक जोड्दा गोलअन्तर पनि दुवै टिमको सुन्य रहेपछि कोरिया फेयर प्लेका आधारमा नकआउट चरण प्रवेश गरेको हो ।

समूहको शीर्ष स्थानमा रहेको पोर्चुगलले तीन खेलबाट ६ अंक जोड्यो । यस्तै, समूहको पुछारमा रहेको घानाले तीन अंकमात्र जोड्न सक्यो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC