site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक वर्षमा मूल्यवृद्धि दोब्बर हुने अनुमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणले एक वर्षमा मूल्यवृद्धि दोब्बर हुने देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले तीन महिना र एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।

सर्वेक्षण २०७९ असोज २३ देखि असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत गरिएको थियो । जसमा २ हजार ४० जना व्यक्ति सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वेमा ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।  त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने
उत्तरदाताहरूको संख्या ०७९ असारको तुलनामा घटेको छ ।

खाद्य र खाद्यवस्तुको सबै उपसमूह; गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।  खाद्य र खाद्य समूह अन्तगर्तका गेडागुडी, दाल, चिनी तथा मसला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समूह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश ०७९ असारको तुलनामा केही घटेको छ ।

Global Ime bank

एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति प्रक्षेपण ०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC