site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहकारी क्षेत्रको समस्या समाधान गर्न उप्रेतीको नेतृत्वमा उपसमिति गठन
Ghorahi CementGhorahi Cement

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ । महासंघको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । 

समितिले समस्याउन्मुख संस्थाहरूको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारीसमेत पाएको छ । बैठकमा सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा सरकार गम्भीर नभएको भन्दै असन्तुष्टि व्यक्त भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।

Agni Group

उपसमिति सदस्यहरूमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, वाग्मती प्रदेश सहकारी संघका प्रतिनिधि रहने उल्लेख छ । 

उक्त उपसमितिको सदस्य सचिवमा महासंघका महाप्रबन्धक रहने निर्णय भएको छ । सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण, निक्षेप तथा बचत सुरक्षण कोष समयभित्र नै कार्यान्वयन गर्न सरकार चुकेका कारण सहकारीमा चुनौती वृद्धि भएको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC