अर्थ व्यवसाय
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बिहीबार सम्पन्न सञ्चालक समितिको बैंठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएर कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् । हाल यो कम्पनीको चुक्तापुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्