site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोरोक्को समूह विजेता बन्दा क्रोएसिया उपविजेताको रूपमा नकआउट चरणमा, बेल्जियम बाहिरियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकपअन्तर्गत आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग बराबरीमा रोकिँदा बेल्जियम समूह चरणबाटै बाहिरिएको छ ।

अन्तिम १६ मा पुग्नका लागि आज समूह ‘एफ’मा बेल्जियमलाई जित्नैपर्ने दबाब थियो । तर, कतारको अहमेद बिन अली रंगशालामा साविक उपविजेतासँग बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरियो । यो बराबरीले भने क्रोएसिया समूह उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल प्रवेश गरेको छ । बेल्जियम पछिल्लो संस्करण विश्वकपमा तेस्रो भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यता यही समयमा भएको अर्को खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै मोरोक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो । 

Morocco 11669915092.jpg

Global Ime bank

बिहीबार कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलमा मोरोक्कोलाई जित दिलाउँन हाकिम जियाच र युसेफ एन नेस्हरीले गोल गरे । क्यानडाले मोरोक्कोका नयेफ अग्युर्डबाट आत्मघाती गोल उपहार पाएको थियो । 

यो जितसँगै समूहको शीर्ष स्थानमा रहेको मोरोक्कोले तीन खेलबाट सात अंक जोड्यो । समान खेलबाट पाँच अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्‍यो । 

तीन खेलबाट चार अंक जोडेको बेल्जियम र अंकविहीन क्यानडा भने विश्वकपको पहिलो चरणबाटै बाहिरिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC