site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, १० घाइते
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ५ धौवादीको कान्छीपानीमा बिहीबार साँझ भएको दुर्घटना चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

कावासोतीबाट पहाड उक्लँदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी बुलिङटार ६ निवासी ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार ५ राइकोट निवासी ६७ वर्षीया मनसुभा बराल, बौंदीकाली २ डेढगाउँ निवासी केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको निधन भएको छ ।

Agni Group

घाइतेमध्ये आठजनाको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य अवस्था रहेका दुईजनाको स्थानीय स्थास्थ्य चौकीमा उपचार भइरहेको छ । 

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त दुर्घटनाले आफू दुःखी भएको बताएका छन् । मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Global Ime bank

मुख्यमन्त्री पोखरेलले पहाडी भेगका असजिला बाटोहरुमा चल्ने गाडीको अवस्थाका बारेमा चालक र लगानीकर्ताले चासो दिन जरुरी रहेको भन्दै प्रहरी र प्रशासनले पनि यसमा विशेष चासो राख्न आफूले निर्देशन दिएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC