site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफमा बेल्जियम र क्रोएसिया बराबरीमा रोकिए, क्यानडाविरुद्ध मोरोक्कोको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकपअन्तर्गत आज (बिहीबार) जारी समूह ‘एफ’को खेलमा मोरोक्कोले क्यानडाविरुद्ध पहिलो हाफमा २–१ को अग्रता बनाउँदा अर्को खेलमा क्रोएसिया र बेल्जियमले गोलरहित बराबरी खेलेका छन् ।

कतारको अलथुमामा रंगशालामा जारी खेलको चौथो मिनेटमै हाकिम जियाचले गरेको गोलबाट क्यानडाविरुद्ध मोरोक्कोले अग्रता बनाएको थियो । २३ औँ मिनेटमा युसेफ एन नेस्रीले मोरोक्कोको अग्रता दोब्बर पारेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, ४० औं मिनेटमा मोरोक्कोका नायेफ अग्युर्डबाट आत्मघाती गोल भएपछि क्यानडाले अग्रतालाई २–१ मा ल्याएको थियो ।

आज हुने खेलमा जित निकाले मोरोक्को समूह ‘एफ’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । यता अन्तिम खेलअगावै विश्वकपबाट बाहिरिसकेको क्यानडाका लागि भने यो प्रतिष्ठाको खेलमात्र बनेको छ ।

Global Ime bank

यस्तै, कतारको अहमेद बिन अली रंगशालामा जारी समूह ‘एफ’कै अर्को खेलमा क्रोएसिया र बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अन्तिम–१६ मा स्थान बनाउन आज दुवै टिम जित्नैपर्ने दबाबमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC