site stats
देश
मेयर बालेन र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट भएको छ । 

भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रियसभा गृह आएका हुन् । 

Agani Group

भेटमा मेयर बालेनले काठमाडौं मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो । 

त्यस क्रममा राजदूत थम्पसनले काठमाडौंसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए । 

Global bank

त्यस क्रममा सम्पदा संरक्षण तथा प्रबर्द्धन, सहरी विकासका आपसी सिकाइ र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । 

अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय