site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभामा जसले २०० भन्दा कम मतले हारे
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १६२ जना निर्वाचित हुँदा १० उमेदवार जम्मा २०० मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।

प्रदेशगत हिसाबले हेर्दा प्रदेश नम्बर १ बाट  पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले ११४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ११२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले १५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले १२४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले १६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका छन् ।

वाग्मती प्रदेशबाट काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित भएका छन् ।

Global Ime bank

लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले १९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा स्वतन्त्रबाट लालवीर चौधरीले १३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरेका छन् ।

कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले १६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे ।

समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना २०० भन्दा कम मतान्तरले पराजित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC