site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । 

बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली दिन पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् । 

Agni Group

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताए । उनले दलको नेताको निर्वाचन सर्वसम्मत रूपमा गर्नुपर्ने पनि बताए । 

उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए । कांग्रेसलाई एकताबद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरूलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे ।

Global Ime bank

खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे । व्यक्तिहरूको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ । उनले सबैको महत्वकांक्षाहरूलाई त्यागेर सबैको सम्मान र भूमिका रहनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले सत्तागठबन्धनकै सरकार बनाउने बताए । वर्तमान गठबन्धनमा आबद्ध दलहरूको साथै अन्य दलहरूलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए । त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरूसँग संवाद अगाडि बढाएको उनले उल्लेख गरे । सहमतिमै सरकारको नेतृत्वको चयन हुने उनले स्पष्ट पारे । 

उनले कानुन निर्माणको कामलाई तीव्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली कांग्रेस र सत्तारूढ गठबन्धन प्रतिबद्ध रहेको बताए । 

बाँडेगाउँमा पुगेर स्व. कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका खड्काले भट्टराई आफ्नो दर्शन र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान सुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताए । न्यूज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC