site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इतिहास रच्दै छिन् फ्रापार्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रान्सकी रेफ्री स्टेफानी फ्रापार्ट पुरुष विश्वकपमा खेल खेलाउने पहिलो महिला रेफ्री बन्ने भएकी छन् । फ्रापार्टले कतारमा बिहीबार जर्मनी र कोस्टारिकाबीचको खेल खेलाउने छिन् । योसँगै उनले आफ्नो नाममा इतिहास रच्नेछिन् ।

फिफाले फ्रापार्टका सहायकका रूपमा पनि दुई महिला रेफ्री नै छनोट गरेको छ । सहायक रेफ्रीमा ब्राजिलकीे नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिना छन् । त्यसकारण जर्मनी र कोष्टारिकाबीच हुने खेलको मैदानमा सबै महिला रेफ्री टोली हुने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, विश्वकपका लागि फिफाले छनोट गरेको चौथो महिला म्याच अफिसियल अमेरिकाकी क्याथरिन नेस्बिटले पनि भिडियो सहायक रेफ्रीको भूमिकामा अफसाइड विशेषज्ञको काम गर्नेछिन् । जर्मनी र कोष्टारिकाबीचको खेल अल खोरस्थित अल बायत रंगशालामा हुनेछ ।

kafsmamg1669888673.jpg

Global Ime bank

फिफाले रुवान्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशितालाई पनि कतार विश्वकपका लागि रेफ्रीको सूचीमा राखेको छ ।

कतारमा हुने ६४ खेलमध्ये ४४औँ खेलका लागि फिफाले ऐतिहासिक नियुक्ति गरेको हो ।

फ्रापार्टले यसअघि फोर्थ अफिसियलका रूपमा कम गरिसकेकी छन् । ३८ वर्षीया फ्रापार्ट यसअघि युरोपेली फुटबल निकाय यूईएफए र आफ्नो देशका खेलमा रेफ्री बसिसकेकी छन् ।

उनले विश्वकप छनोट, च्याम्पियन्स लिग र फ्रेन्च कप फाइनलका पुरुष खेलहरूमा रेफ्रीको काम गरिसकेकी छन् । उनले सन् २०१९ को फिफा महिला विश्वकप फाइनलको जिम्मेवारी पनि लिएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC