site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनविरोधपछि चीनमा कोभिड नीतिमा सहजता, केही सहरमा लकडाउन हटाइयो
Ghorahi CementGhorahi Cement

बेइजिङ । व्यापक जनविरोधपछि चीनले कोभिड नीति सहज बनाउने संकेत गरेको छ । 

चीनले आफ्नो कोभिड अडानमा परिवर्तनको संकेत गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । दैनिक उच्च संक्रमणका बाबजुद चीनले कोरोना भाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाएको छ । 

Agni Group

सांघाई र ग्वान्झाउका दर्जनौँ जिल्लाका सहरहरूमा केसहरू बढेपनि बिहीबारबाट त्यहाँ लकडाउन हटेको छ । शून्य–कोभिड नीतिविरुद्ध व्यापक जनविरोध भएपछि चीनले नियम परिमार्जन गर्दै खुकुलो बनाएको हो ।

उप–प्रधानमन्त्री सुन चुनलानले देशले ‘नयाँ परिस्थिति’ सामना गरिरहेको बताएका छन् । यसैगरी, ग्वान्झाउ जस्ता प्रमुख सहरहरूमा लकडाउनका प्रतिबन्धहरू बुधबार अचानक हटाइएको थियो । त्यसअघि सहरमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप समेत भएको थियो ।

Global Ime bank

यस्तै, राजधानी बेइजिङको एउटा समुदायले हल्का लक्षणहरू भएका कोभिड केसहरूलाई घरमा अलग्गै राख्न अनुमति दिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । यसअघि वर्षको सुरुमा प्रोटोकल भन्दै एउटा मात्र कोभिड केस हुँदा पनि सम्पूर्ण भवनहरू र समुदायहरूलाई लकडाउनमा राखिएको थियो । 

सांघाई र चोङकिङ जस्ता अन्य प्रमुख सहरहरूले पनि कोभिड १९ सम्बन्धी केही नियमहरू खुकुलो पारेका छन् । 

पश्चिमी सिनजियाङ क्षेत्रको एक अग्लो भवनमा आगलागीका कारण गतसाता १० जनाको ज्यान गएको थियो । धेरै चिनियाँहरूले सहरमा लामो समयदेखि चलिरहेको कोभिड प्रतिबन्धको कारण ती मानिसहरूको ज्यान गएको विश्वास गरेका छन् । तर, चिनियाँ अधिकारीहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन् । 

सोही घटनाले प्रहरी प्रशासनको बाक्लो उपस्थितिका बाबजुद विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शनहरू निम्त्याएको गरेको थियो । बीबीसीबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC