site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रोएसिया र बेल्जियममध्ये एक बाहिरिने सम्भावना बलियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । कतार विश्वकपमा १० टिमले अन्तिम–१६ मा स्थान बनाइसकेका छन् । अब ६ टिमको टुंगो लाग्न बाँकी छ । समूह ‘ई’ र ‘एफ’बाट समान दुई तथा समूह ‘जी’ र ‘एच’बाट एक/एक टोलीको टुंगो लाग्न बाँकी छ ।

समूह ‘एफ’को समीकरण रोमाञ्चक बनेको छ । जसका कारण गत संस्करणको उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियममध्ये एक टिम समूह चरणबाटै बाहिरिने सम्भावना प्रवल छ । बेल्जियमको सम्भावना अझ बढी छ ।

Agni Group

आज क्रोएसिया र बेल्जियमले प्रतिस्पर्धा गर्दै छन् । क्रोएसियालाई अन्तिम–१६ मा स्थान बनाउन बराबरी गरे पनि पुग्छ । क्रोएसिया पराजित भए क्यानडा र मोरक्कोको नतिजा कुर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा क्यानडाले मोरक्कोलाई हराउनुपर्नेछ । त्यसपछि गोलअन्तरको हिसाब हुनेछ ।

क्रोएसिया र मोरक्को समान चार अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेको बेल्जियमको तीन अंक छ । अंकबिहीन क्यानडा प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

Global Ime bank

क्रोएसियाले बेल्जियमलाई हराए मोरक्कोले हारेर पनि अर्को चरणमा स्थान बनाउन सक्छ । क्रोएसियाले बेल्जियमसँग बराबरी खेले र मोरक्को हारे बेल्जियम र मोरक्कोबीच गोलअन्तरको हिसाब हुनेछ ।

यस्तै, बेल्जियमले जिते र मोरक्को हारे क्रोएसिया र मोरक्कोबीच गोलअन्तरको हिसाब हुनेछ ।

मोरक्कोले समूहको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो । क्यानडा बेल्जियमसँग १–० तथा दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले हारेर प्रतियोगताबाट बाहिरिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC