site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनीलाई अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समीकरण ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । चारपटकको विजेता जर्मनीका लागि कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि बिहीबार हुने कोस्टारिकाविरुद्धको खेल ‘गर या मर’को बनेको छ ।

समूह ‘ई’मा रहेको जर्मनीले दुई खेलबाट एक अंक मात्र जोडेको छ । पहिलो खेलमा जापानसँग पहिलो हाफमा अग्रता लिएर पनि २–१ ले पराजित भएपछि जर्मनीको यात्रा कठिन बनेको हो । जर्मनी दोस्रो खेलमा पनि स्पेनसँग १–१ को बराबरीमा रोकियो ।

Agni Group

त्यसकारण अन्तिम–१६ मा स्थान बनाउनका लागि अबको खेल जर्मनीलाई जित्नैपर्ने दबाब छ । अन्यथा, जर्मनी लगातार दोस्रोपटक विश्वकपको समूह चरणबाट बाहिरिनेछ ।

जर्मनीलाई आफूले जितेर मात्र पनि पुग्दैन । स्पेन र जापानको नतिजा पनि कुर्नुपर्ने हुन्छ । स्पेनले जापानलाई हराए र जर्मनीले जितेमा अन्तिम–१६ मा स्थान बनाउन सक्छ । जापानले जिते वा बराबरी खेले जर्मनीले जिते पनि गोलअन्तरको हिसाब हुन्छ ।

Global Ime bank

जर्मनीको गोलअन्तर माइनस एक छ भने जापानको शून्य छ । स्पेनको गोलअन्तर प्लस सात छ ।

जर्मनीविरुद्ध खेल्ने कोस्टारिकाको सम्भावना पनि उत्तिकै छ । कोस्टारिकाले जिते अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । स्पेनले जापानलाई हराए कोस्टारिकालाई बराबरी पनि काफी हुनेछ । तर, स्पेन पराजित भए र कोस्टारिकाले जर्मनीसँग बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ । कोस्टारिकाको गोलअन्तर माइनस ६ छ ।

एसियाली मुलुक जापानलाई अघिल्लो चरणमा स्थान बनाउन आज जित्नैपर्ने हुन्छ । जापानले बराबरी खेले जर्मनी र कोस्टारिकाविरुद्धको नतिजा हेर्नुपर्छ । कोस्टारिकाले जिते जापान बाहिरिनेछ । जर्मनीले जिते वा बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ ।

दुई खेल सकिँदा स्पेन चार अंकका साथ शीर्ष स्थानमा छ । समान तीन अंक जोडेका जापान र कोस्टारिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनीको एक अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC