site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशाेधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले सबै अनुशासनमा बसे यो नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए । उनले बजारलाई अनुशासनमा राख्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“निरन्तर छलफल गरेर चालु पुँजी कर्जासम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएका हौँ । अझै पनि सरोकारवाला निकायका केही असहमति छन् भने संशोधन गर्न हामी तयार छौं,” उनले भने, “संविधान त संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संशोधन नहुने भन्ने कुरै हुँदैन । अनुशासनमा सबै बस्नैपर्छ । अनुशासनमा बस्नुपर्छ भन्ने सोचले नै चालु पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयन गरिएको हो ।”

चालु पुँजी कार्जासम्बन्धी नीति केही समयका लागि स्थगन गर्नुपर्ने माग व्यवसायीहरूले गर्दै आएका छन् ।

Global Ime bank

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्र सुधाराेन्मुख दिशामा रहेको बताए । राष्ट्र बैंकले समयमा नै अर्थतन्त्रलाई संकटमा जानबाट बचाउन सफल भएको पनि उनको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC