site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिलबाट आईएफआईसी बाहिरिने, सेयर बेच्न निकाल्यो सूचना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकबाट बंगलादेशी लगानीकर्ता आईएफआईसी  बाहिरिने भएको छ । नबिल बैंकमा बंगलादेशको आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार कित्ता संस्थापक सेयर छ ।

नबिल बैंकले आईएफआईसी बैंक सेयर बिक्री गरेर बाहिरिन लागेको हुँदा संस्थापक सेयरधनीलाई बिक्री गर्नको लागि सूचना जारी गरेको छ । सूचना अनुसार आईएफआईसीको सेयर किन्न चाहने नबिल बैंकका सेयरधनीले ३५ दिनभित्र बैंकमा मूल्य तोकेर निवेदन दिनुपर्छ । ३५ दिनभित्रमा संस्थापक सेयरधनीबाट निवेदन नआएमा सो सेयर अन्य संस्थापक बाहेकका सेयरधनीलाई बिक्री खुला हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गत असारमा गाभेको थियो । एनबी बैंकमा बंगलादेशको आईएफआईसी बैंक लगानीकर्ता थियो । नबिल बैंकमा गाभिएपछि नबिल बैंकको सेयरधनी आईएफआईसी भएको हो ।

एनबी बैंक नबिलमा एक्विजेशन नहुँदै आईएफआईसी बैंकले सेयर बिक्री गर्ने सूचना जारी गरेको थियो । त्यो बेला चौधरी ग्रुपले आईएफआईसी बैंकको सेयर किन्ने सहमति गरेको थियो । बंगलादेशमा आईएफआईसी बैंकले ढाका स्टक एक्सचेन्जमा बुझाएको विवरण अनुसार सेयर किन्न बैंक र चौधरी ग्रुपबीच सहमति भइसकेको छ । सेयर किनबेचको प्रक्रिया चलिरहेको बेला नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सहमति भयो । र, नबिल बैंकले गत असारदेखि एनबी बैंकलाई गाभ्यो । 

Global Ime bank

नबिल बैंकमा प्रमुख संस्थापक सेयरधनी चौधरी ग्रुप हो । पुरानो सहमति अनुसार नै आईएफआईसी बैंकको स्वामित्वमा रहेको सेयर चौधरी ग्रुपले किन्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC